/widgets.js";var sz=d.getElementsByTagName(s)[0];sz.parentNode.insertBefore(z,sz)}(document,"script","zb-embed-code"));

राष्ट्रियसभाको ५६ सिटमा आज उम्मेदवारी दर्ता

प्रकाशित मिति: १० माघ २०७४, बुधबार ०९:२१

सम्पादक: samaweshinepal

काठमाडौं ,१० माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनको ५६ सिटको लागि आज उम्मेदवारी दर्ता हुँदैछ । २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशका उच्च अदालत रहेका स्थानमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

उच्च अदालत रहेका स्थानहरु विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

उम्मेदवारी दर्ता गर्दा उम्मेदवारले १० हजार रुपैयाँ धरौटी बुझाउनु पर्दछ भने मतदाता सूचीमा नामावली भएको हुनुपर्नेछ ।

प्रदेशसभाका ५ सय ५० जना सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष १ हजार पाँच सय ६ जना गरी कुल २ हजार ५६ जना उम्मेदवारले ५६ जना राष्ट्रियसभा सदस्य चुन्नेछन् । ५९ सदस्यीय राष्ट्रिय सभामा हरेक प्रदेशबाट ८-८ जनाको दरले ५६ जना चुनावबाट निर्वाचित हुने र तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

हरेक प्रदेशबाट चुनिने ८ जनामध्ये तीन जना महिला, एक जना दलित, एकजना अपांगता वा अल्पसंख्यक र तीन जना अन्य समूहबाट निर्वाचित हुन्छन् । राष्ट्रियसभा निर्वाचनमा एकल संक्रमणीय र बहुमतीय दुबै निर्वाचन प्रणाली अपनाइने निर्वाचन आयोगले जनाएको छ ।

 

१० माघ २०७४, बुधबार ०९:२१ मा प्रकाशित

अपडेट

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »

जे देखियो त्यो लेखियो ………

समाजिक अभियान्ता बृजेश्वर प्रसाद चौधरी आज दिन भर जिल्ला प्रहरी कार्यालयमा एक जनाको पिडाको...... पूरा पढ्नुहोस् »

वीरगंजको बौधीमाई नगवा पोखरीको सरसफाई ।

राजेन्द्र सिंह, ७ असोज, वीरगंज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा वीरगंज महानगरपालिका...... पूरा पढ्नुहोस् »

सिकारीयाद्धारा आफ्नो चरित्र हत्या गर्न खोजेको नायक कर्णको आरोप ।

राजेन्द सिंह, ६ असोज, वीरगंज । मैथली चलचित्रका नायक पियुष कर्णले आकाश सिकारीयाले आफ्नो चरित्र...... पूरा पढ्नुहोस् »

सवारी चालक र सरकारबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता

आश्विन ५, काठमाडौं  ।  मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी...... पूरा पढ्नुहोस् »