मल्टिइन्ट्री भिसा प्रक्रिया अन्योल

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार १८:५२

सम्पादक: samaweshinepal

नुवाकोट : रसुवागढी नाकाबाट चीन प्रवेशका लागि प्रक्रिया सुरु गरिएको मल्टिइन्ट्री भिसा अन्योलमा परेको छ । नेपाल र चीनबीच भिसा प्रक्रिया विवादका कारण १८ महिनादेखि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
भिसाका लागि आवेदन दिएको १८ महिना बित्दा समेत भिसा प्राप्त हुन नसकेपछि सरोकारवामला चिन्तित भएका छन् । आवेदन दिएको झण्डै डेढ वर्ष पुग्न लाग्दासमेत कसैले पनि भिसा प्राप्त गर्न नसकेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
त्यसको फाइल हाल ६ महिनादेखि परराष्ट्र मन्त्रालयमा थन्किएर बसेको छ । यो भिसाका लागि रसुवा प्रशासनले दुई सय ४१ थान आवेदन दर्ता गरी गत वर्षको भदौमा सिफारिससहित गृह मन्त्रालय पठाएको थियो ।
फाइल परराष्ट्रमै छ । भिसाको प्रक्रिया हालसम्म नटुंगिएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । ट्रक, कन्टेनर, उद्योगी व्यवसायी गरी दुई सय ४१ थान आवेदन दर्ता गरी भिसाका लागि गृहमन्त्रालय पठाइएकोमा गृह र परराष्ट्र मन्त्रालयको प्रक्रिया पूरा गरेर हाल फाइल परराष्ट्र मन्त्रालयमा थन्किएको प्रजिअ न्यौपानेले बताए । परराष्ट्र मन्त्रालयमार्फत चीनको अध्यागमन पुगेपछि मात्र भिसा प्रक्रिया सुरु हुनेमा हाल नेपाल र चिनियाँ अधिकारीबीचकै विवादका कारण प्रक्रिया रोकिएको जनाइएको छ ।

चीनका सिमा अधिकारी र नेपाली सुरक्षा अधिकारीबीच पटक÷पटक मल्ट्रिइन्ट्री भिसाका सम्वन्धमा छलफल भए पनि प्रक्रिया अगाडि बढ्न नसकेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । चीनले भिसा नै हुनु पर्ने जोड दिँदै आएको छ भने नेपाली अधिकारीले भिसाभन्दा प्रवेश अनुमति पासको व्यवस्था हुनु पर्ने अडान राख्दै आएको प्रजिअ न्यौपानेले बताए ।
परराष्ट्र मन्त्रालयले कूटनीतिक रूपमा चीनसँग छलफल गरिरहेको जनाएको छ । भिसा आएपछि रसुवागढी नाकाबाट आवतजावतमा सहजता हुने स्थानीयले बताएका छन् । रसुवाका उद्योगी व्यवसायीले तीन सय जनाका लागि भिसा आवश्यक रहेको दाबी गरिरहेका छन् । भिसा प्राप्त गरिसकेपछि रसुवागढी नाकाबाट व्यापारिक प्रयोजनाका लागि उद्योगी, व्यवसायी, कन्टेनर चालक केरुङसम्म आवतजावत गर्न पाउनेछन् ।
यसअघि नै भिसाका लागि गत वर्षको असोज महिनासम्मको मात्र समय लाग्ने जानकारी आए पनि हाल १८ महिना बित्दासमेत कुनै टुंगो नलागेको रसुवा उद्योग वाणिज्य संघले जनाएको छ । नेपाल सरकारले तत्काल तदारुकता देखाएर भिसाको प्रक्रिया सुचारु गर्नु पर्ने रसुवाको गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्वु तामाङले बताए ।

२२ मंसिर २०७४, शुक्रबार १८:५२ मा प्रकाशित

अपडेट

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »

जे देखियो त्यो लेखियो ………

समाजिक अभियान्ता बृजेश्वर प्रसाद चौधरी आज दिन भर जिल्ला प्रहरी कार्यालयमा एक जनाको पिडाको...... पूरा पढ्नुहोस् »

वीरगंजको बौधीमाई नगवा पोखरीको सरसफाई ।

राजेन्द्र सिंह, ७ असोज, वीरगंज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा वीरगंज महानगरपालिका...... पूरा पढ्नुहोस् »

सिकारीयाद्धारा आफ्नो चरित्र हत्या गर्न खोजेको नायक कर्णको आरोप ।

राजेन्द सिंह, ६ असोज, वीरगंज । मैथली चलचित्रका नायक पियुष कर्णले आकाश सिकारीयाले आफ्नो चरित्र...... पूरा पढ्नुहोस् »

सवारी चालक र सरकारबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता

आश्विन ५, काठमाडौं  ।  मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी...... पूरा पढ्नुहोस् »