नेपालमा कोरोना संक्रमितको संख्या १,४५,००० पुग्न सक्ने | – अध्ययन (RND Centre)

प्रकाशित मिति: ४ असार २०७७, बिहीबार २१:३८

सम्पादक: samaweshinepal

नेपालको कोरोना संक्रमितको अधिकतम संख्या १,४५,००० पुन सक्ने एक अध्ययनले जनाएको छ |रिसर्च फोर नेसनल डेवेलपमेन्टका प्रबन्ध निर्देशक तथा बरिष्ठ इन्जिनियर राधाकृष्ण मल्लीकले Machine Laearning, Artificial Intelligence र विभिन्न देशको कोरोना इन्फेक्सनको ट्रेन्डको सहायता लिएर उक्त तथ्यांक निकालेका हुन् |उनले बिगत केहि दिनयता नेपाल र भारतको सम्भावित संक्रमितहरुको संख्या आंकलन गर्दै आएका हुन् |त्यसका लागि उनले Arima Model & Holtwinter Model तथा Exponential Model को प्रयोग गरेका छन् |यस अघि उनले दिनहु सम्भावित संक्रमति अनुमान गर्दै आएका थिए |उक्त अध्ययनका आधारमा अनुमानित संक्रमितको संख्यासंग बास्तविक सक्रमितको संख्या धेरै हदसम्म मेल खाने आउदै गरेको थियो |

उनको उक्त मोडेल माथी CCMC ले पनि चासो देखाएको छ |हालै मात्र CCMC द्वारा डाकिएको, स्वास्थ्य क्षेत्रका बिज्ञहरु सम्मिलित एक बैठकमा उनले यस सम्बन्धी एक प्रतिवेदन पनि बुझाएका छन् |सम्भावित संक्रमितहरुको संख्या आंकलन गर्नसके, नेपालको स्वास्थ्य क्षेत्रमै ठुलो क्रान्ती हुन सक्ने धेरैको बुझाइ रहेको थ्यो |सोका आधारमा कति थप भेन्टिलेटर खरिद गर्नु पर्ने, कति बेड व्यवस्थापन गर्नुपर्ने, औसधी के-कति भण्डारण गर्नुपर्ने भन्ने बारे एउटा सन्क्षिप्त खाका तयार गर्न सहयोग पुग्ने भन्ने उनको बुझाइ छ |

यस अध्ययनमा Corona Infection Growth लाइ तिन चरणमा राखिएको छ |

पहिलो चरणलाई अध्ययन गर्न Autoregressive Integrated Moving Average Model र Hotwinter को Time Series Model तयार पारिएको छ |जस अन्तर्गत एक हफ्ता सम्मको Daily Corona Infection को सटिक आंकलन गर्न सकिन्छ |

 

दोस्रो चरणमा कोरोनाबाट बिश्वब्यापी रुपमा लगभग रिकवर भैससकेका १८ वटा देशहरुलाई आधार मानिएको छ | अस्ट्रेलिया, दक्षिण कोरिया, जापान, डेनमार्क, जर्मनी, नेदरलेन्ड, टर्की, बेल्जियम, आइसलेन्ड, इटाली, स्पेन, स्विट्जरलेन्ड, ब्रिटेन लगायतका देशहरुको अध्ययन गर्दा तीनवटा ढांचा (Pattern ) अवलोकन गरिएको छ |

1st Pattern :
उक्त ढांचामा एकदमै थोरै केस भएर रिकभर भैसकेका वा रिकभर हुने कगारमा रहेका देशहरु अस्ट्रेलिया, दक्षिण कोरिया र जापानलाइ आधार मानिएको छ |यी तिन मुलुकलाई नेपाल संगको केस संग दाज्दा, सम्भावित संक्रमितको अधिकतम संख्या ७२७५ आउने देखिन्छ, जुन सीमा हामीले  पार गरिसकेका छौ |

2nd Pattern :
उक्त ढांचामा डेनमार्क, जर्मनी, नेदरलेन्ड एवं टर्कीमा देखिएको ग्रोथ रेटको ग्राफ अध्ययन गरिएको छ, जुनकी अहिलेको नेपालको Growth Pattern संग मिल्दोजुल्दो पाइएको छ |यी देश संग तुलना गर्दा, नेपालमा संक्रमितहरुको संख्या अधिकतम ६५,४७५ सम्म जान सक्नेछ |

3rd Pattern :
यस ढाचा अन्तर्गत बेल्जियम, आइसलेन्ड, इटाली, स्पेन, स्विट्जरलेन्ड, ब्रिटेन लगायतका देशसंग नेपालको तुलना गरिएको छ, जसअनुसार नेपालमा संक्रमितहरुको संख्या १४५५०० सम्म पुग्न सक्ने उक्त अध्ययनले देखाएको छ |

यी तिनवटै Pattern देखिएका देशहरुले कोरोना इन्फेक्सन नियन्त्रण गर्न धेरै प्रयास गरेका छन् |नेपालले अझै पनि ठोस कदम नअपनाएको खण्डमा इन्फेक्सन डर अझ बढ्न सक्नेछ |

त्यसैगरी तेस्रो चरणमा अहिलेसम्मको Daily Infected Cases लाइ आधार मानेर नेपालमा देखिन सक्ने सम्भावित संक्रमितहरुको अधिकतम संख्या निकाल्ने प्रयास गरिएको छ |जसअनुसार अब आउने August  महिना सम्म संक्रमित संख्या ४७,३०० सम्म पुग्ने छ |साथै दैनिक संक्रमितको संख्या १६०० सम्म पुग्न सक्नेछ | यी तथ्यांकहरु सरकारले अहिले अपनाएको Controlling Mechanism लाइ आधार मानेर तयार पारिएको हो |PCR टेस्टको नियमित दायरा बढाइएको खण्डमा अझ सहि तथ्यांक निकाल्न सकिन्छ| 

Government को Controlling Mechanism, effective न भएको खण्डमा नेपालमा संक्रमितहरुको संख्या १४५५०० सम्म पुग्न सक्नेछ|

 

ई, मल्लीक नेपालमा नया नया प्रविधि भित्रयाउने इन्जिनियरको रुमपा प्रख्यात छन् |बिस्वकै दोस्रो बन्जी जम्पको स्ट्रक्चरल डिजाइन , गौतम बुद्ध अन्तरास्ट्रिय स्टेडियमका सम्पूर्ण स्ट्रक्चरल डिजाइन पनि उनकै कम्पनीले गरेको हो |उनले स्विस, ADB, लगायतका थुप्रै अन्तरास्ट्रिय संघसंस्थाको लागि परामर्शदाताको रुपमा काम गरिसकेका छन् |अहिले उहा IOE Pulchowk Campus बाट स्ट्रक्चरल इञ्जिनियरिङ्ग मै शोध गरिरहेका छन् |

 

४ असार २०७७, बिहीबार २१:३८ मा प्रकाशित

अपडेट

नेपालमा कोरोना संक्रमितको संख्या १,४५,००० पुग्न सक्ने | – अध्ययन (RND Centre)

नेपालको कोरोना संक्रमितको अधिकतम संख्या १,४५,००० पुन सक्ने एक अध्ययनले जनाएको छ |रिसर्च फोर...... पूरा पढ्नुहोस् »

भौतिक दुरीको अपरिहार्यता, बिरोध प्रदर्शनमा पनि अनिवार्य !

सौजन्य: आभास हिजो अस्ति भएको प्रदर्शन/बिरोध को मुख्य उदेश्य पिसिआर (PCR Test ) को दायरा बढाउनु...... पूरा पढ्नुहोस् »

एक अज्ञात भाइरस “मानिस”

आबृत्ति पौड्याल ढुङ्गे हतियारको प्रयोगदेखि औजारको प्रयोगसँगै मानव सभ्यताको विकास क्रमशिल...... पूरा पढ्नुहोस् »

सार्वभौमसत्तामा प्रहार !!!

महामारीको संकटमा यतिबेला नेपाल मात्र नभई विश्वको २१२ देश जुदिरहेका छन् । पछिलो समय छिमेकी...... पूरा पढ्नुहोस् »

विचार :- महामारी नियन्त्रण गर्न सबैको साथ् अपरिहार्य |

सराेज सिलवाल काठमाडाैँ, १२ वैशाख। चीनको वुहान प्रान्त बाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९)...... पूरा पढ्नुहोस् »

नैतिकताको प्रश्न हाम्रो प्रधानमन्त्रीलाई किन लाग्दैन ?

सबैले बुझ्नु पर्ने बिषय के हो भने , बहुमत सधैँ सहि हुँदैन।जसरी अध्यादेश लाउनुको पछाडीको नियत...... पूरा पढ्नुहोस् »

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »