सकियो ‘कथा काठमाण्डु’को छायांकन, प्रियंका र आयुष्मानको कनेक्शन कस्तो ?

प्रकाशित मिति: २८ बैशाख २०७४, बिहीबार १८:२५

सम्पादक: admin

टेलिभिजनको दुनियाँमा राम्रै नाम कमाएपछि भीजे संगीता श्रेष्ठले चलचित्र ‘कथा काठमाण्डु’ मार्फत निर्देशनमा हात हालेकी हुन् । यही, चलचित्रको छायांकन २३ दिनमा सकिएको संगीताले जानकारी दिएकी छिन् । मंगलबारबाट चलचित्रको सम्पूर्ण छायांकन सकिएको संगीताले बताइन् । संगीताले भनिन्-‘हामीले ३ चरणमा चलचित्रको छायांकन गरेका छौ । जम्मा २३ दिन चलचित्र खिचिएको छ ।’

यो चलचित्रमा प्रियंका कार्की, आयुष्मान देसराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ । संगीताले भनिन्-‘यो चलचित्र भित्र ३ वटा कथा छ । तर, तिनै वटा कथाका पात्रको कनेक्शन एक अर्कासँग छ । हामीले नेपाली चलचित्रमा पहिलो पटक यस्तो कथामा चलचित्र बनाएका छौ ।’

उनका अनुसार, प्रियंकाको कथाको कनेक्शन सन्ध्यासँग र सन्ध्याको कथाको कनेक्शन आयुष्मानसँग छ । आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा विजय राइको लगानी छ । चलचित्रको छायांकन सकेसँगै यसको निर्माणपक्षले केही तस्बिर समेत मिडियालाई उपलब्ध गराएको छ । गायिका इन्दिरा जोशीको पनि चलचित्रमा विशेष भूमिका रहेको वुझ्न सकिन्छ ।

निर्माणपक्षले उपलब्ध गराएको तस्बिरमा संजोग र सन्ध्या कलेजको पहिरनमा देखिएका छन् । यस्तै, तस्बिर हेर्दा नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीको कनेक्शन पनि देखिएको छ । चलचित्रको प्रदर्शन मिति चाडै नै तय गरिने संगीताले भनिन् । यही चलचित्रको छायांकन सुरु भएपछि नायिका कार्की र नायक जोशी प्रेममा समेत बाधिएका हुन् । अहिले यी दुइविच गहिरो प्रेम छ ।

 

२८ बैशाख २०७४, बिहीबार १८:२५ मा प्रकाशित

अपडेट

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »

जे देखियो त्यो लेखियो ………

समाजिक अभियान्ता बृजेश्वर प्रसाद चौधरी आज दिन भर जिल्ला प्रहरी कार्यालयमा एक जनाको पिडाको...... पूरा पढ्नुहोस् »

वीरगंजको बौधीमाई नगवा पोखरीको सरसफाई ।

राजेन्द्र सिंह, ७ असोज, वीरगंज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा वीरगंज महानगरपालिका...... पूरा पढ्नुहोस् »

सिकारीयाद्धारा आफ्नो चरित्र हत्या गर्न खोजेको नायक कर्णको आरोप ।

राजेन्द सिंह, ६ असोज, वीरगंज । मैथली चलचित्रका नायक पियुष कर्णले आकाश सिकारीयाले आफ्नो चरित्र...... पूरा पढ्नुहोस् »

सवारी चालक र सरकारबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता

आश्विन ५, काठमाडौं  ।  मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी...... पूरा पढ्नुहोस् »