एक अज्ञात भाइरस “मानिस”

प्रकाशित मिति: २९ बैशाख २०७७, सोमबार १९:०३

सम्पादक: samaweshinepal

आबृत्ति पौड्याल

ढुङ्गे हतियारको प्रयोगदेखि औजारको प्रयोगसँगै मानव सभ्यताको विकास क्रमशिल अगाडि बढेको देखिन्छ। दुई गोल ढुङ्गा रघटि आगोको झिल्का बालेर प्रारम्भ भएको यो विकासक्रम, आज एक्काईसौं सताब्दीमा आइपुग्दा विज्ञान, खोज र अनुसन्धानको सहायताले निकै फस्टाएको पाइन्छ। सबैभन्दा सूक्ष्म जीव विज्ञानदेखि बाह्य अन्तरिक्ष सम्मको अध्ययन र खोजले आज मानव सभ्यताको विकासक्रममा काया पलट ल्याएको छ।

तर विडम्बना मानवजाति विकासमा यति लिन भएको छ कि अब उसलाई आफ्नो बाहेक प्रकृतिका अन्य उपहारहरुको मतलब नै नभएको देखिन्छ। म पृथ्वीको हैन, पृथ्वी मेरो हो भन्ने भ्रममा अगाडि बढेको यो मानव सभ्यता आफ्नै अन्त्य तर्फ अगाडि बढिरहेको छ भन्न अनुचित नहोला।

प्रकृतिको अनुपम रचना मानव । अझ सुन्दर रचना मोतिका दाना जस्ता हिमश्रृङ्खला, हिमताल,  कलकल बग्ने झरना, नदी , विशाल वनजङ्गल, अनि यही रचनाहरुलाई मनमोहक बनाउने थुप्रै लोभ लाग्दा चराचुरुङ्गी र जिवजन्तुहरु। सवैभन्दा सर्वश्रेष्ठ मानवजाति मनिएता पनि जति हक उनीहरूको यस पृथ्वीमा छ त्यति नै निस्फिक्री भएर बाँच्न पाउने अधिकार यी चराचुरुङ्गी र जीवजन्तुको छ। तर सर्वश्रेष्ठ मानिने मानव जातिलाई आफ्नो सिर्जनाको सुरक्षा गर्ने जिम्मा दिएकी प्रकृति, आज पक्कैपनि खुसी छैनिन्।

 अत्यधिक जनसंख्या र बढ्दो उपभोगको कारणले आज हरेक क्षेत्रमा क्षती बढिरहेको छ। शहरीकरण र औद्योगिकरणको नाममा वनजङ्गलको विनाश गरी मानिसहरू आफ्नो निजी स्वार्थ पूरा गर्दै छन्। प्राकृतिक श्रोत काटेर,  ढालेर, उत्खनन गरेर केही नभएको जसरी गर्वका साथ हिँडिरहेका छन्। फलस्वरूप पृथ्वीले आफ्नो रिजेनेरटिभ क्यापासिटी ( नैसर्गिक लयमा फर्किने क्षमता) गुमाउँदै गएको छ जसको कारणले गर्दा जलवायु परिवर्तन, भूक्षय, बाढी पहिरो, अम्ल वर्षा , मरुस्थलीकरण, आदि समस्याको प्रबल जोखिम देखिएको छ। हावा पनि धुवाधुलो मिसिएको तातो हावा मात्र छ।

नदी नाला फोहोरले दुर्घन्धित भएका छन्। उर्वर जमीन अब सायदै भेटिएला। वनजङ्गल विनास गरेर कयौ जीवजन्तु र चराचुरुङ्गीहरु बिचल्लीमा परेका छन्। कति पय जजीवजन्तहरु त  सामूहिक लोप हुने अवस्थामा समेत छन् जसलाई होलोसिन एक्सटिङसन पनि भनिन्छ। मासुको लागि बढी मात्रामा प्रयोग गर्ने, उनीहरूका अंगहरुबाट सजावट का समान, कस्मेटिक्स, लुगा बनाउने , वनजङ्गल फडानी गर्ने,नदीनाला सुकाउने आदि क्रियाकलापले गर्दा उनीहरू सामूहिक रूपमा लोप हुने अवस्थामा समेत पुगेका छन्। अनुमान अनुसार पछिल्लो चालीस वर्षमा ५०% भन्दा बढी वन्यजन्तु हामीले गुमाइसकेको देखिन्छ।

त्यस्तै २०१८ में मा PNAS ( proceedings of the  National Academy of Sciences of United States of America) ले गरेको अनुसन्धान अनुसार ८३% जङ्गली जनावर हरु , ८०% समुन्द्री जीवहरू,  ५०% बिरुवाहरू र १५% माछाहरू मानव सभ्यताको विकाससँगै हराएर गएँ भन्ने निष्कर्ष निकालेको छ।

यी सबै कुरा मनन गर्ने हो भने त कोरोना भन्दा खतरनाक भाइरस त हामी मानव जाति पो रहेछौं । कोरोना त पृथ्वीको लागि एन्टीडोट बनेर आएको रहेछ। कमसेकम पृथ्वीले अहिले विश्राम त पाएको छ। बाहिर हेर्दा निलो, सफा आकाश त देखिन्छ।  चराचुरुङ्गीहरु फुरुङ्ग भएर उड्न त पाएका छन् ।

 जे देखे पनि खाईहाल्न पर्ने, कुकुर ,मुसा ,चमेरो,सर्प सबै आहाराको रूपमा सम्झिने, मानवको नाममा दानव हुँदै गएका हामीलाई कोरोना एउटा पाठ बनेर आएको छ। बढ्दो उपभोग नै महामारीको कारण हो भन्ने सिकाएको छ। अब पनि हामी मानव जातिले प्रकृतिको नियम विपरीत गई यी सब कुरा दोहोर्याउने हो भने हाम्रो अन्त्य हामी आफैले गर्नेछौं। जरा गाडेर बसेको एक अज्ञात भाइरस हुनेछौ हामी।

(Abriti Paudel, Student of Ballb, Nepal Law Campus)

 

 

 

 

२९ बैशाख २०७७, सोमबार १९:०३ मा प्रकाशित

अपडेट

एक अज्ञात भाइरस “मानिस”

आबृत्ति पौड्याल ढुङ्गे हतियारको प्रयोगदेखि औजारको प्रयोगसँगै मानव सभ्यताको विकास क्रमशिल...... पूरा पढ्नुहोस् »

सार्वभौमसत्तामा प्रहार !!!

महामारीको संकटमा यतिबेला नेपाल मात्र नभई विश्वको २१२ देश जुदिरहेका छन् । पछिलो समय छिमेकी...... पूरा पढ्नुहोस् »

विचार :- महामारी नियन्त्रण गर्न सबैको साथ् अपरिहार्य |

सराेज सिलवाल काठमाडाैँ, १२ वैशाख। चीनको वुहान प्रान्त बाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९)...... पूरा पढ्नुहोस् »

नैतिकताको प्रश्न हाम्रो प्रधानमन्त्रीलाई किन लाग्दैन ?

सबैले बुझ्नु पर्ने बिषय के हो भने , बहुमत सधैँ सहि हुँदैन।जसरी अध्यादेश लाउनुको पछाडीको नियत...... पूरा पढ्नुहोस् »

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »