सार्वभौमसत्तामा प्रहार !!!

प्रकाशित मिति: २९ बैशाख २०७७, सोमबार १८:५१

सम्पादक: samaweshinepal

महामारीको संकटमा यतिबेला नेपाल मात्र नभई विश्वको २१२ देश जुदिरहेका छन् । पछिलो समय छिमेकी मुलुक भारतमा झन् तिब्र गतिमा यो महामारी फैलिरहेको छ । यस महामारीका बाबजुद भारतले भने नेपालीभूमि हुदै चीन जोड्ने सडक उद्घाटन गर्न तल्लिन रहेको देखियो । भारतले करिब ६ महिना अघि मात्र नया राजनीतिक नक्शामा नेपालको कालापानी क्षेत्र समावेश गरिएको नक्शा सार्वजनिक गरेको थियो ।

आज ६ महिना पच्चात नेपालि भूभाग ब्यास र गुन्जी हुदै लिपुलेकसम्मको सडकमार्ग उदघाटन गरेको छ । विवादित भूमिमा यसरी मनोमानी ढङ्गले निर्माण गरेको सडक छिमेकी भारतको हेपा प्रवृति हो । भारतले बनाएको सडक एकाएकक २४ घन्टामा बनाएको हैन । सन् २००८ बाट नै यो सडकको निर्माण कार्य अघि बढेको भन्ने प्रमाण हामी माझ रहेको छ त्यसो हो भने नेपाल सरकार र राजीनितिक दलहरु यतिबेला सम्म किन मौन? के एउटा विज्ञप्तिले मात्र नेपालीको स्वाभिमानको रक्षा हुन्छ त?

बडा गज्जबको कुरा त् हाम्रा अहिले सरकार हाकेर बसेका नेतृत्वगणले समेत नेपाली भूभाग मिचिएर बनाएको सडकको जानकारी हालै मात्र थाहापाएको अभिव्यक्ति दिईरहेकाछन् । यो भन्दा लज्जाको विषय अरु के हुन सक्छ ? नेपाल भारतको सीमा विवादलाइ नियाल्ने हो भने यसको बिन्दु महाकालीको मुहान बाट सिर्जित भएको हो । यो नदीलाई माथितिर काली भनिन्छ, मध्यभागमा महाकाली, र तल तराईमा आइसकेपछि गोग्रा पनि भन्ने गरिन्छ ।

यद्दपि महाकालीको मुहान लिम्पियाधुरा नै हो र त्यो नेपालि भूभाग नै हो भन्ने प्रशस्त प्रमाण छ । सन् १८९६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा महाकाली नदीको मुहान हो र महाकाली नदि नै नेपाल -भारत सीमाना हो भन्ने प्रस्ट उल्लेख गरेको छ । त्यसैले लिपुलेक मात्र हैन लिम्पियाधुरा पनि नेपालको भूभाग हो । तर आज दुर्भाग्य भारतीयले हाम्रो ३१० वर्गकिलोमीटर भुमि आफ्नो पक्षमा राखेका छन् ।

यति ठुलो भूभाग ५८ वर्ष देखि भारतको कब्जामा रहेको छ । भारत सरकारको बोर्डर रोड अर्गनाइजेसनले निर्माण गरेको सडक व्यापारिक र पर्यटकीय दृष्टिले निर्माण गरेको हो । मुलत यसका दुई उद्द्येस्य छन् । पहिलो, चीन संगको ब्यापार र दोस्रो मानसरोवर सम्मको धार्मिक पर्यटकियलाइ सहजता प्रदान गर्न । हाल मानसरोवर जान भारतको सिक्किम र चीनको सिमाना नाथुला पासबाट मानसरोवर जाने रुट भएता पनि तीर्थयात्री नेपालको बाटो नेपालगंज, हुम्ला हुदै हिल्सा मार्फत जाने गर्दछन ।

लिपुलेक बाट मानसरोवरको दुरी ९७ किलोमीटर छ भने भारतको दिल्ली बाट लिपुलेकको पास ७५० किलोमीटर छ । यसले गर्दा अब नेपालको हुम्ला वा भारतको सिक्किम बाट भन्दा अहिलेको बाटो बाट आर्थिक र पर्यटकीय दृष्टिले यो मार्ग सहज हुने देखिन्छ । उसो त लिपुलेकबाट बाटो खोल्न सन् १९५३ मा चीन र भारतवीच द्विदेशीय सम्झौता भएको हो । तर, लिपुलेक नेपाल-भारत र चीनको गरी त्रिदेशीय सीमाना हो र यो सम्झौतामा नेपाललाई सहभागी नगराउनुको पर्दा पछाडिको कारण के होला ? भनिन्छ भाइ फुटे गवार लुटे, नेपाली राजीनितिक इतिहास देखि आजको दिन सम्म आइपुग्दा स्थिर सरकारको अनुभूति गर्न सकेन । बल्ल तल्ल अहिले दुई तिहाइको स्थिर सरकार पाएका छौ तर पनि नेताहरु आफ्नो पद मोहका लागि म्युजिकल चियर खेल्न रमिरहेका छन् ।

जब सम्म आन्तरिक प्रजातन्त्र सबल रहन्न छिमेकीको थिचो मिचो सहिरहनुपर्ने हुन्छ । आज हामी रास्ट्रीय बल र एकता सहित एकै ठाउमा उभिनु जरुरि छ । सीमा विवादमा पटक पटक गरी थुप्रै वार्ता भए तर त्यसको समाधान गर्न नसक्नुको कारण बोल्ड , निडर र दुरदर्शी नेतृत्वकै अभावले हो भन्दा अतियुक्ति नहोला । जसरी सन् १९६० मा सगरमाथा माथिको विवाद उत्पन्न भएको थियो, त्यसबेला वि पी कोइरालाले चीनका नेता माओका अगाडी नक्शा राखेर जुन रुपले कुटनीतिक र निडर तवरले वार्ता गरी समस्या समाधान गरेका थिए । आज देशले साचिक्कै अर्का विपी खोजिरहेका छन् ।

अब पनि ढिला नगरी औपचारिक र सौहार्दपूर्ण तवरले सीमा विवाद सुल्झ्याउन आवश्यक छ । पटक पटक अखण्ड सार्वभौमसत्ता माथिको प्रहार अब नेपालीले सहन्न र यस विवादको दिर्घकालिन समाधानको लागि यो मुद्धालाई अविलम्ब अन्तरास्ट्रीयकारण गर्न आवस्यक छ । मुकेश सेन्चुरी

२९ बैशाख २०७७, सोमबार १८:५१ मा प्रकाशित

अपडेट

एक अज्ञात भाइरस “मानिस”

आबृत्ति पौड्याल ढुङ्गे हतियारको प्रयोगदेखि औजारको प्रयोगसँगै मानव सभ्यताको विकास क्रमशिल...... पूरा पढ्नुहोस् »

सार्वभौमसत्तामा प्रहार !!!

महामारीको संकटमा यतिबेला नेपाल मात्र नभई विश्वको २१२ देश जुदिरहेका छन् । पछिलो समय छिमेकी...... पूरा पढ्नुहोस् »

विचार :- महामारी नियन्त्रण गर्न सबैको साथ् अपरिहार्य |

सराेज सिलवाल काठमाडाैँ, १२ वैशाख। चीनको वुहान प्रान्त बाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९)...... पूरा पढ्नुहोस् »

नैतिकताको प्रश्न हाम्रो प्रधानमन्त्रीलाई किन लाग्दैन ?

सबैले बुझ्नु पर्ने बिषय के हो भने , बहुमत सधैँ सहि हुँदैन।जसरी अध्यादेश लाउनुको पछाडीको नियत...... पूरा पढ्नुहोस् »

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »