पूर्वाधार, पूर्वतालिम र पूर्वतयारी बिनाको अनलाइन पठनपाठन कतिको औचित्यपूर्ण !

प्रकाशित मिति: १४ बैशाख २०७७, आईतवार १५:२८

सम्पादक: samaweshinepal

संसारभर नै कोरोना (COVID -19) को कहर व्यापक रुपमा देखिएको छ। विश्वभरीकै शैक्षिक व्यवस्था वैश्विक महामारीको प्रभावमा परेका छन भने सम्भावित आर्थिक मन्दीले विश्वकै अर्थतन्त्र धराशायी हुने कगारमा रहेको छ।

यसैबीच २०७७ साल बैशाख १० गते प्राज्ञिक परिषद् र कार्यकारी परिषद्को संयुक्त बैठकले त्रिभुवन विश्वबिद्यालय द्वारा अनलाईन बाट पठनपाठन गराउने औपचारीक निर्णय गरेको छ। यसका लागि अधिकांश आंगिक क्याम्पसका प्रशाशनिक विभागलाइ पत्राचार गरिएको र Zoom id तयार गर्न निर्देशन दियिएको भन्ने जानकारी पनि प्राप्त भएको छ । अनलाइन पठनपाठन प्रक्रियालाइ थप सहजीकरण बनाउन हिजो मात्र त्रिभुवन बिश्वबिद्धालयले बिधुतीय माध्यम (online) बाट गरिने कक्षा संचालन सम्बन्धि निर्देशिका २०७७ जारी गरेको छ।

अब अनलाइन शिक्षाको आवश्यकता र औचित्य बारे कुरा गरौ, अनलाइन शिक्षा कतिको सहयोगी हुन्छ र यसका सबल पक्षहरु के-के हुन् ?

पहिलो कुरा त ठूलो वृतमा हेर्यौ भने अनलाइन शिक्षाको माध्यमले जो कोही बिद्यार्थी आफ्नो यथास्थानमै रहेर शिक्षा आर्जन गर्न सक्ने भएकोले दीर्घकालीन रुपमा समय, पैसा, स्रोतको उल्लेखनीय बचत देखिन्छ भने तत्कालिन अवस्थाको कुरा गर्दा, महामारीको प्रकोपलाइ न्यूनीकरण गर्न सामाजिक दुरी एकमात्र उपाय रहेको बेला बिद्यार्थीलाई पठनपाठनका निम्ती क्यामपस नै धाउनुपर्ने समस्याबाट राहत पाउने देखिन्छ |साथै विद्यार्थीले आफ्नो सुबिधा अनुकुल सुहाउँदो वातावरणमा पढ्न मिल्ने भएको र कक्षाकोठाको अनावश्यक दवाब नहुने भएकोले यसलाई कतिपय शिक्षाशास्त्रिहरुले सकारात्मक पक्षको रुपमा लिने गरेका छन् ।

हुनत पूर्वतयारी बिना online कक्षा सञ्चालन गर्नु-गराउनु चुनौतीपूर्ण नै रहेको छ।’जब पर्यो राती तब बुढी ताती ‘ भनेझै त्रि.बि. जस्ता स्वायत्त शैक्षिक संस्थाले पहिले देखि नै आउन सक्ने सम्भावित चुनौतीको अध्ययन गरि कार्यसुची बनाउनु पर्ने थियो तर त्रि. वि.को पूर्वतयारी नगर्ने संस्कार पुन: एकपटक दोहोरिएको छ | आउने दिनमा आफ्नो असफलता बाट पाठ सिख्दै अध्ययन तथा अनुसन्धान बिभाग लाइ अझ दह्रो बनाउन बिशेष अभ्यास गर्नुपर्ने देखिएको छ |

हाम्रो देशमा विपद ब्यबस्थापन कार्यसमिती हरु ओझेलमा राखिएका छन् र पूर्वतयारी गर्ने चलन नै छैन, संबंधित निकायले बेलैमा प्रारम्भिक प्रयास गरेको पनि देखिदैन । कोरोना महामारी चीनको वुहानमा डीसेम्बरमा फेला परेको थियो ,त्यतिबेला हाम्रो देशमा विभिन्न शैक्षिक संस्था तथा कलेजहरुले पठनपाठन गराइरहेको अवस्था थियो | संक्रमणले बिस्तारै गति लियो र विश्वभर कोरोना संक्रमितहरुको संख्या चुलिदै गएपछि, WHO ( विश्व स्वास्थ्य संगठन) ले यसलाई वैश्विक महामारीको रुपमा घोषणा गर्यो। माघ मसान्तदेखि चीनमा सुरु भएको कोरोनाको कहर रोक्न नेपाल सरकारले पूर्णरुपले चैत १० गते बाट बन्दाबन्दी (lockdown ) गर्यो।

अब प्रश्न आउँछ माघ र फागुन , यी बितेको २ महिनामा आउनसक्ने चुनौतीबारे कतिको गम्भीर भएर अध्ययन गरिए र के-कस्ता बिकल्प खोजिए भन्ने बारे। उत्तरमा निराशा बाहेक अरु केही भेटीदैन। कुनैपनी विश्वबिद्यालयले त्यस अवधिमा बैकल्पिक शिक्षा दिने बारे सोचेनन र संसारभरी फैलिरहेको COVID-19 को तमासा हेरी बसे।

जहाँ संसारभरका विश्वबिद्यालय COVID-19 बारे अध्ययन अनुसन्धानमा जुटेका छन् भने हाम्रो विश्वबिध्यालयको हरेक् गतिविधि ठप्प छन् ।हामीले हाम्रो विश्वबिध्यालय संग संसारको ख्याति प्राप्त गरेको बिश्वबिद्यालयको तुलना गर्नु हुँदैन । हामीसंग उनीहरूको जस्तो स्रोत साधन र पूर्वाधारहरु छैनन् तर हामिहरुले कमसेकम यस्तो परिस्थितिमा न्युनतम आशा त राख्न नै सक्छौ, जहाँ विश्वबिद्यालयको देश सुहाउँदो विकल्प प्रस्तुत गरोस् ।

यस्तो बेलामा त्रि. वि. ले बन्दाबन्दीको एकमहिना पछि विकल्पको रुपमा अन्लाईन पढाउने निर्णय गरेको छ भने यो कत्तिको उपयुक्त र ब्यबहारिक छ ,यसला चुनौतीहरु के छन् यी सबै कुरा यो लेखमा समेट्न खोजिएको छ।

१. प्रविधिमा पहुँच :
सर्वप्रथम त्रि वि ले यस्तो निर्णय गर्दा सबै शिक्षक र बिध्यार्थीको प्रविधिमा पहुँच छ भन्ने अनुमान गरेको हुनुपर्छ। तर यथार्थमा देशका कुनाकुनाका सम्पुर्ण बिध्यार्थी ,के प्रविधिको पहुँचमा छन् त? सामान्य रुपमा समाजिक संजालको प्रयोग गर्ने बिद्यार्थी तथा शिक्षकवर्ग अन्लाईन कक्षा दिन र लिन सक्षम छन् त? लकडाउनको समयमा काठमाडौमा अध्ययनरत धेरैजसो बिद्यार्थीहरु आ-आफ्नो गृहजिल्ला पुगेका छन् भने विभिन्न जिल्लाका सदरमुकाममा पढ्ने बिद्यार्थीहरु गाउँ प्रवेश गरेका छन्।

यस्तोमा अन्लाईन शिक्षाको लागि सबै भन्दा आवस्यक र महत्त्वपूर्ण कुरा ईन्टरनेट सुबिधा हो ,अब भने के सबै बिद्यार्थीहरु समान ईन्टरनेटको (मोबाईल नेटवर्क वा वाई-फाई ) पहुँचमा छन् त ?भएको ईन्टरनेट सेवा कति ठाँउमा बन्दाबन्दीले पैसा नतिर्दा बन्द भएका छन भने मोबाईलमा ईन्टरनेट चलाउन सजिलै रिचार्ज कार्ड नपाउने समस्या पनि पोखिएका छन् ।यस्तो अवस्थामा बिद्यार्थी र शिक्षकलाई प्रविधि बारे पुर्वतालिम नै नदिइ, अनुमानको भरमा मात्रै अन्लाईन शिक्षा प्रवाहको कुरा उचाल्नु ढोंग मात्र देखिन्छ र अभ्यास गरियो भने पनि यसको प्रभावकारिता माथि ठुलो प्रश्न चिन्ह उठ्ने प्रस्ट देख्न सकिन्छ ।

२. असमान अवसर
तत्कालिन अवस्थामा अन्लाईन कक्षा सचालन गर्दा सबैले शिक्षामा समान अवसर पाउने अवस्था छैन |न्यू योर्क टाइम्स मा अप्रिल ६ गते प्रकाशित एउटा खबर अनुसार त्यहाँका भिडियो conferencing मार्फत अन्लाईन कक्षा संचालन गर्दा आधा वा सो भन्दा कम बिद्यार्थीहरुको उपस्थिति रहने गरेको जनाएको छ ।अमेरिका जस्तो श्रोत साधनमा र प्रबिधिमा पहुच भएको देशमा हालको अवस्थामा अन्लाईन शिक्षण प्रणाली चुनौतीपूर्ण देखिन्छ भने हामीले स्रोत साधनमा बिद्यार्थीहरुको असमान पहुँचले गर्दा झनै चुनौती भोग्नुपर्ने हुन्छ भन्ने कुराको अनुमान सजिलै लगाउन सकिन्छ ।

३. व्यवस्थापन :
शिक्षक तथा प्रशासनिक व्यवस्थापन पनि हालको अवस्थामा चुनौतीपुर्ण देखिन्छ।अझै पनि त्रि.बि र त्रि.बि मातहतका सबै कलेज प्रशासन Digitalized नभएको अवस्थामा प्रशासनसमक्ष ठुलो चुनौती देखिन्छ ।अर्धबार्षिक पठनपाठन प्रणालीमा बिद्यार्थीको लागि हाजिरी अनिवार्य हुन्छ , यस्तोमा अन्लाईन कक्षाको हाजिरी व्यवस्थापन र सो कक्षा छुटाएका विद्यार्थीलाई कसरी पढाउने भन्ने बारे सोच्नु पर्ने हुन्छ ।

४. त्रिभुवन बिश्वबिद्यालयको अवस्था र पाठ्यक्रम :
त्रि.बिले केहि बर्ष अघि खुला बिश्वबिद्यालयको अवधारणालाइ आत्मसात गरेता पनि यसको चरीत्र अझै परम्परागत बिश्वबिद्धालय सरह नै देखिएको छ, जहाँ प्रत्यक्ष भौतिक उपस्थितिद्वारा पठ्नपाठ्न र मुल्यांकन गर्ने गरिन्छ ।

यो आपतकालीन परिस्थितिको बेला देश भरिको शैक्षिक संस्थाले अन्लाईन कक्षा संचालनको सट्टा निम्न कुरामा ध्यान दिन सक्छन् :

१.बिद्यार्थी हितको निम्ति संबंधित सबै क्याम्पसहरुले बिद्यार्थीहरुको सम्पर्क विवरण केलाउदै सम्पर्क गर्ने, हालको अवस्था र परिस्थिति बारे गम्भीर भई बुझने र आवस्यक परेको बिद्यार्थीलाई मदत तथा सहयोग गरि अभिभावकत्व प्रधान गर्ने ।
२. अन्लाईन मार्फत विभिन्न रचनात्मक खुला प्रतियोगिता गर्ने।
३. हालको समयलाई अध्ययन तथा अनुसन्धानमा लगाउने ताकी यस पटकलाई नभए पनि आउने दिनमा आउन सक्ने अप्ठ्यारो र जटिलता सामाना गर्न सकियोस् र बैकल्पिक बाटो दिन सकियोस् ।
४. बन्दाबन्दी खुले सङै पक्कै पनि शैक्षिक Calendar अनुसार कम समयमा गर्नु पर्ने कामहरु चाप धेरै हुने भएकोमा सो को तयारी र सो बारे कार्यसूचि आहिले बाट बनाउने ।

अन्लाईन कक्षा संचालन केही सिमित बिद्यार्थीबर्गका लागि पक्कै पनि सजिलो होला र केही पाठ्यक्रम पनि सकिएला |तापनी धेरैजसो बिद्यार्थीले पढ्न पाउने हक बाट बंचित हुने अवस्था कायमै छ। यस्तो बेलामा अन्लाईन कक्षा संचालन प्रचारमुखी र सञ्चारमाध्यमहरुमा सार्वजनिक खपतको बिषय त बन्ला तर वास्तवमा व्यवहारिक, फाइदाजनक र लाभदायक नहुने भएकोले तत्कालको अवस्थामा यसको औचित्यता अपुष्ट छ, कम्जोर छ | तसर्थ यस बारे सम्बन्धि सबै निकायले गम्भीरतापुर्बक ध्यान दिनु जरुरी छ।

धन्यवाद !

(लेखक बिकाश कुमार गुप्ता काणुनका बिद्यार्थी हुन् )

१४ बैशाख २०७७, आईतवार १५:२८ मा प्रकाशित

अपडेट

एक अज्ञात भाइरस “मानिस”

आबृत्ति पौड्याल ढुङ्गे हतियारको प्रयोगदेखि औजारको प्रयोगसँगै मानव सभ्यताको विकास क्रमशिल...... पूरा पढ्नुहोस् »

सार्वभौमसत्तामा प्रहार !!!

महामारीको संकटमा यतिबेला नेपाल मात्र नभई विश्वको २१२ देश जुदिरहेका छन् । पछिलो समय छिमेकी...... पूरा पढ्नुहोस् »

विचार :- महामारी नियन्त्रण गर्न सबैको साथ् अपरिहार्य |

सराेज सिलवाल काठमाडाैँ, १२ वैशाख। चीनको वुहान प्रान्त बाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९)...... पूरा पढ्नुहोस् »

नैतिकताको प्रश्न हाम्रो प्रधानमन्त्रीलाई किन लाग्दैन ?

सबैले बुझ्नु पर्ने बिषय के हो भने , बहुमत सधैँ सहि हुँदैन।जसरी अध्यादेश लाउनुको पछाडीको नियत...... पूरा पढ्नुहोस् »

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »