विचार :- महामारी नियन्त्रण गर्न सबैको साथ् अपरिहार्य |

प्रकाशित मिति: १२ बैशाख २०७७, शुक्रबार २०:३२

सम्पादक: samaweshinepal

सराेज सिलवाल

काठमाडाैँ, १२ वैशाख। चीनको वुहान प्रान्त बाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण अहिले विश्व समुदाय ग्रस्त छ।

काेराेना भाइरसको कारणले विकासित तथा विकास उन्मुख मुलुकहरु धरासायी हुँदै गएका छन। यो काेभिड-१९ भाइरस संक्रमित अधिकांश व्यक्तिहरूलाइ सर्वप्रथम श्वास प्रश्वासमा समस्या उत्पन्न हुने गर्दछ। यस राेगका बिरामी विशेष उपचारको आवश्यकता बिना नै स्वस्थ हुन्छन्। यस राेगले विशेष गरी पाको उमेरका व्यक्ति, हृदय रोग, मधुमेह, दीर्घकालीन श्वास रोग र क्यान्सर जस्ता अन्तर्निहित मेडिकल समस्या भएका व्यक्तिहरूमा खतराकाे जाेखिम बढाउँछ। हाल सम्म काेभिड-१९ को लागी कुनै खास खोप वा उपचार संभव हुन सकेकाे छैन।

नेपालको अवस्था
२०७६ माघ १० गते नेपालमा पहिलो कोरोना संक्रमण भेटिएको थियो। दक्षिण एसियामा कोरोना देखिएको पहिलो देश नेपाल हो। अहिलेसम्म नेपालमा ४८ जना कोरोनाबाट संक्रमित भएका छन । हजार भन्दा बढी संकास्पद अवस्थामा रहेको छ भने सङ्क्रमित मध्ये १० जना उपचारपछि घर फर्किएका छन्। त्यसै गरी नेपालका विभिन्न भागहरुमा कोरोनाको बारेमा मानिसहरूमा व्याप्त डर र भ्रमले यस महामारीलाई अझ गम्भीर बनाएको छ भने कोरोना भाइरसको जाँचका लागि गुणस्तरीय र प्रविधियुक्त प्रयाेगशालाको अभाव छ। शंकास्पद व्यक्तिहरुको परिक्षण जुन स्तरमा हुनुपर्ने हो सो हुन सकेको छैन। उपचारको लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरको अभावमा स्वास्थ्यकर्मी, प्रहरी प्रशासन उच्च जोखिममा रहेर कार्य गर्न बाध्य छन्। विभिन्न नीजि संघ संस्था र सरकारको लगानीबाट उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्रीहरु अायात गरिएका छन। जुन हालकाे अवस्थालाइ प्रर्याप्त रहेकाे छैन।

सरकारबाट उपलब्ध गराईएका सामाग्रीको खरिद प्रकरण तथा गुणस्तरमा पनि प्रश्न उठिरहेको अवस्था रहेको छ। जनताहरु लामो दुरी पैदल यात्रा गर्न विवश हुनु परेको अवस्था छ । त्यस्तै कोरोनाको प्रभावले गर्दा हाम्रो देशको अर्थतन्त्रमा पनि त्यतिकै नोक्सान भैरहेको वर्तमान अवस्था रहेको छ।

सरकार र जनतालाई सुझाव
हाम्रो देशको स्वास्थ्यकर्मी र प्रहरी प्रशासनले यस्तो विषम परिस्थितिमा पनि पेशागत मर्यादा कायम गरी स्वस्थ्य सेवामा तथा जनताको सुरक्षामा संलग्न भई आफ्नो पेशागत धर्म निर्वाह गरिरहेका छन्। यस्तो अवस्थामा सबै पक्षले स्वास्थ्यकर्मी र प्रहरी प्रशासनको मनोबल बढाउनु आवश्यक हुन्छ। सबै भन्दा महत्वपूर्ण कुरा कोरोनासँग आत्तिएर होइन सबैजनाले स्वस्थ रहन उचित अाहार र परहेजमा बसेर यस महामारीकाे अन्त्यमा लाग्नु पर्दछ। सो कुरामा स्थानीय तहले महत्त्वपूर्ण भुमिका खेलेको पाईन्छ। माथिल्लो तहले गरेका कामहरुमा केही कमि कमजोरी र परिपक्वताको कमि भने अवश्य रहेको छ।

त्यसै गरी नेपाल सरकारले ८० करोडको राहत वितरण गरेको भनी दावा गरेतापनि जनताले सरकारबाट आशा गरे अनुसारको राहत पाउन सकेका छैनन्। काेराेना संक्रमण न्युनिकरण गर्न सरकारले गरेकाे लकडाउनले शहरमा डेरा गरी अध्ययन गर्ने र रोजगारी गरी बसेकाहरुको अवस्था दिनानुदिन नाजुक हुँदै गइरहेको छ। यस्तो समयमा सरकारले आफ्नो सम्पुर्ण शक्ति यस महामारी कोरोना विरुद्ध प्रयोग गरी सकुशल नियन्त्रण गर्नु जरुरी भएको छ। जनताहरुले पनि आफ्नो कर्तव्य र जिम्मेवारी वहन गरी सरकारका आग्रह लकडाउनलाई अनुशरण गरी घरमै वसेर सरकारलाई सहयोग गर्नु पर्दछ। हामी सबै जनताले एकजुट भइ आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र कोरोनालाई हराउन एकजुट हुनु पर्दछ।

(लेखक सिलवाल नेपाल ल क्याम्पसमा अध्ययनरत छन्।)

१२ बैशाख २०७७, शुक्रबार २०:३२ मा प्रकाशित

अपडेट

एक अज्ञात भाइरस “मानिस”

आबृत्ति पौड्याल ढुङ्गे हतियारको प्रयोगदेखि औजारको प्रयोगसँगै मानव सभ्यताको विकास क्रमशिल...... पूरा पढ्नुहोस् »

सार्वभौमसत्तामा प्रहार !!!

महामारीको संकटमा यतिबेला नेपाल मात्र नभई विश्वको २१२ देश जुदिरहेका छन् । पछिलो समय छिमेकी...... पूरा पढ्नुहोस् »

विचार :- महामारी नियन्त्रण गर्न सबैको साथ् अपरिहार्य |

सराेज सिलवाल काठमाडाैँ, १२ वैशाख। चीनको वुहान प्रान्त बाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९)...... पूरा पढ्नुहोस् »

नैतिकताको प्रश्न हाम्रो प्रधानमन्त्रीलाई किन लाग्दैन ?

सबैले बुझ्नु पर्ने बिषय के हो भने , बहुमत सधैँ सहि हुँदैन।जसरी अध्यादेश लाउनुको पछाडीको नियत...... पूरा पढ्नुहोस् »

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »