चित्रकार रञ्जु यादवको पहिलो एकल प्रदर्शनी ‘कलर्स अफ चेन्ज’काठमाण्डौँमा जारी

प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार १९:२३

सम्पादक: samaweshinepal

काठमाण्डौँ : हाम्रो सामाजिक संरचना पृतृसत्तात्मक भएको हुनाले हरेक दिन कुनै न कुनै तरीकाबाट महिलाहरुमाथि विभिन्न खालका विभेद हुने गरेका छन् र यो हाम्रो समाजको तितो अर्थात पनि हो । समाजमा विद्यमान रहेका अनेक खालका विकृति ,विसंगति,महिला हिंसा,कन्या भ्रुण हत्या जस्ता घटनाहरु न्यूनिकरणका लागि धैरे प्रयासहरु पनि भएका छन् तर चित्रकला अथवा कन्भासको माध्यमबाट समाजमा जनचेतना जगाउने प्रयास नेपालमा पहिलो पटक सप्तरीकी रञ्जु यादबले गरेकी छिन् ।
उनले दाइजो प्रथा ,भ्रुण हत्या ,दाइजोका कारण महिला माथि हुने विभिन्न खालका हिंसाका घटनाहरुमाथि मिथिला पेन्टिङ मार्फत ठूलो प्रहार गरेकी छिन् । प्राचिनकालमा घरको भित्तामा,भुई ,माटोको भाडोमा गरीएको मिथिला पेन्टिङ अहिले पेपर र कन्भासमा गर्न थालिएको छ । यादब पनि सानो छदा यिनै कार्यहरुमा आफूलाई व्यस्त राख्न रुचाउ थिइन् । उनले भनीन् तराईमा हुदाँ त घरको भित्ता,आँगनमा कुनै विशेष पर्वको बेला अ‍ैरीपन बनाउने चलन छ र हामी सबैजना मिलेर बनाउँथे पनि ।
यादबको मिथिला पेन्टिङ अरु मिथिला पेन्टिङ भन्दा भिन्न रहेको छ ।

अहिले सम्म कन्भासमा कोरीएका मिथीला पेन्टिङ दैनिक दिनचर्या अथवा पौरानिक परम्परामा नै आधारीत हुने गरेको पाइएको छ तर यादबको मिथिला पेन्टिङ मा भने समाजलाई परीवर्तन गर्ने आधार र महिला सशक्तिकरणका मुद्धालाई उठाइएको छ । यादबले भने “सामाजिक विकृतिलाई न्यूनीकरण गर्नका लागि यही पेन्टिङ लाई मैले जरीया बनाएको छु र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने छु ।” न्यायपूर्ण समाजको निर्माणमा पेन्टिङले सहयोग गर्ने यादबको दाबी रहेको छ ।

यादबको एकल चित्रकला प्रदर्शी चैत्र १६ गते शनिबारबाट नेपाल आर्ट काउन्सील बबरमहलमा शुरु भएको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी चित्रकार यादवको पहिलो एकल प्रदर्शनी ‘कलर्स अफ चेन्ज’मा प्रर्दशनमा राखिएका सम्पूर्ण मिथिला पेन्टिङ को चित्ररण गरीएको छ । उनको एकल प्रदर्शी ‘कलर्स अफ चेन्ज’ चैत्र २२ गते सम्म चल्ने छ ।

 

 

२० चैत्र २०७५, बुधबार १९:२३ मा प्रकाशित

अपडेट

एक अज्ञात भाइरस “मानिस”

आबृत्ति पौड्याल ढुङ्गे हतियारको प्रयोगदेखि औजारको प्रयोगसँगै मानव सभ्यताको विकास क्रमशिल...... पूरा पढ्नुहोस् »

सार्वभौमसत्तामा प्रहार !!!

महामारीको संकटमा यतिबेला नेपाल मात्र नभई विश्वको २१२ देश जुदिरहेका छन् । पछिलो समय छिमेकी...... पूरा पढ्नुहोस् »

विचार :- महामारी नियन्त्रण गर्न सबैको साथ् अपरिहार्य |

सराेज सिलवाल काठमाडाैँ, १२ वैशाख। चीनको वुहान प्रान्त बाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९)...... पूरा पढ्नुहोस् »

नैतिकताको प्रश्न हाम्रो प्रधानमन्त्रीलाई किन लाग्दैन ?

सबैले बुझ्नु पर्ने बिषय के हो भने , बहुमत सधैँ सहि हुँदैन।जसरी अध्यादेश लाउनुको पछाडीको नियत...... पूरा पढ्नुहोस् »

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »