सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

प्रकाशित मिति: १४ माघ २०७५, सोमबार १०:३३

सम्पादक: samaweshinepal

भरत शाह- बिरगंज |

सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले सिमरौनगढ़को पुरातात्विक अध्ययन र सर्वेक्षणको सिलसिलामा मिति २०७५ साल माघ १२/१३ गते शनिवार/आइतवारका दिन सिमरौनगढ़को रानीवास, हरिहरपुर, पलकिया माई देखि कंकाली मंदिरको बाटो, खजानी, कोतवाली तथा यस क्षेत्रमा नयाँ निर्माण भएका सम्पूर्ण बाटाहरूको अध्ययन गर्दा कोतवाली सम्म खनिएका खाल्डाहरुमा सन् १०९७ देखी १३२६ सम्म स्थापित प्राचीन मिथिलाको राजधानी सिमरौनगढ़मा प्राचीन नगरका अनेक तह भेटिये।
यसै क्रममा पाँच दिन देखी रानीवासको मर्मत गर्न भनि पुरातत्व विभाग द्वारा गरिएको ठेक्कामा ठेकेदार द्वारा सम्पदा संरक्षण नियमावलीको घोर उल्लंघन भएको अनुगमनको क्रममा भेटियेको छ। अनुगमन गर्दा निम्लिखित आपत्तिजनक कार्यहरु भइरहेको पाइयो :


1. पुरातात्विक “मर्मत संभार” गर्दा पुरातत्व विभागको तर्फबाट आयोजना प्रमुख/निरीक्षक/प्रतिनिधि कोही पनि नरहेको, र सम्पूर्ण पुरातात्विक “मर्मत संभार” कार्य ठेकेदारकै भरमा भइरहेको।
2. पुरातात्विक कार्यमा हेवी इक्विपमेंट अर्थात् डोजरको प्रयोग गरेर माटो मुनि रहेका कर्णाटकालीन भित्ताहरुलाई उखेलिएको र कर्णाटकालीन वस्तुहरुमाथि अन्धाधुन्ध डोजर/ ट्रेक्टर चलाइएको।
3. माटो खन्दा निस्किएका कर्णाटकालका ईट्टाहरूलाई सुरकी बनाउन प्रयोग गरिएको।
4. बिना प्रशिक्षित मजदूर/मिस्त्री लगाएर खनन गरिएको, फिटिक्कै सावधानी नअपनाइएको, फलस्वरूप ८०% भन्दा बढ़ी कर्णाटकालीन ईट्टा तथा अनेक पुरातात्विक वस्तुहरु फुटेर नष्ट भएका।
5. बिना पुरातात्विक सर्वेक्षणकै रानिवास क्षेत्रमा जमीन मुनि ६ फीट सम्म खनिएको, र सो क्रममा भेटीएका विभिन्न प्रकारका पुरावशेषहरुको कुनै पुरातात्विक संरक्षण नगरिएको।
स्मरण रहोस् नान्यदेवले सिमरौनगढ़ दरबारको रचना गर्दा त्यहाँ वास्तु निर्माणको उल्लेख गर्दै सन् १०९७ मा निर्माण गरिएको प्रस्तर अभिलेख भेटियेको थियो जुन हराइ सकेको भएपनि प्राचीन मिथिला माथि शोध गरेका कतिपय विद्वानहरुले नान्यदेवको त्यस अभिलेख बारे शोध प्रकाशित गरिसकेका छन्। त्यहि अभिलेख र वास्तु निर्माण बारे व्यहोरा केशर वंशावलीमा पाइएको छ।
त्यहीं कर्णाटकी राजदरबार राजा शक्तिसिंहको अभिलेख पनि पाइएको छ जुन मोहन प्र. खनालले “सिमरौनगढ़को इतिहास” नामक ग्रंथमा प्रकाशित गरेका छन्।
ई प्रमाणहरूबाट रानीवास क्षेत्र प्राचीन कर्णाट राजाहरुको राजदरबार परिसर हुने अधिकतम संभावना रहेको र त्यसलाई प्रमाणित गर्न अविलम्ब निर्माण कार्य स्थगन गरेर सोही स्थानमा पुरातात्विक उत्खननको आवश्यकता रहेको कुरा समेत मिश्रजीले जानकारी गराएका छन्।

१४ माघ २०७५, सोमबार १०:३३ मा प्रकाशित

अपडेट

नेपालमा कोरोना संक्रमितको संख्या १,४५,००० पुग्न सक्ने | – अध्ययन (RND Centre)

नेपालको कोरोना संक्रमितको अधिकतम संख्या १,४५,००० पुन सक्ने एक अध्ययनले जनाएको छ |रिसर्च फोर...... पूरा पढ्नुहोस् »

भौतिक दुरीको अपरिहार्यता, बिरोध प्रदर्शनमा पनि अनिवार्य !

सौजन्य: आभास हिजो अस्ति भएको प्रदर्शन/बिरोध को मुख्य उदेश्य पिसिआर (PCR Test ) को दायरा बढाउनु...... पूरा पढ्नुहोस् »

एक अज्ञात भाइरस “मानिस”

आबृत्ति पौड्याल ढुङ्गे हतियारको प्रयोगदेखि औजारको प्रयोगसँगै मानव सभ्यताको विकास क्रमशिल...... पूरा पढ्नुहोस् »

सार्वभौमसत्तामा प्रहार !!!

महामारीको संकटमा यतिबेला नेपाल मात्र नभई विश्वको २१२ देश जुदिरहेका छन् । पछिलो समय छिमेकी...... पूरा पढ्नुहोस् »

विचार :- महामारी नियन्त्रण गर्न सबैको साथ् अपरिहार्य |

सराेज सिलवाल काठमाडाैँ, १२ वैशाख। चीनको वुहान प्रान्त बाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९)...... पूरा पढ्नुहोस् »

नैतिकताको प्रश्न हाम्रो प्रधानमन्त्रीलाई किन लाग्दैन ?

सबैले बुझ्नु पर्ने बिषय के हो भने , बहुमत सधैँ सहि हुँदैन।जसरी अध्यादेश लाउनुको पछाडीको नियत...... पूरा पढ्नुहोस् »

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »