राजेन्द्र सिंह, ७ असोज, वीरगंज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा वीरगंज महानगरपालिका वडा नम्बर १९ को संयुक्त आयोजनामा आज बौधीमाई नगवा पोखरीको सरसफाई गरिएको छ । जकपुरको गंगा सागरमा सफाइ अभियान सञ्चालन गर्नुको साथै गंगा आरतीको सुरुवात गरेका प्रदेश सभा सदस्य तथा ‘स्वच्छता अभियान’का अभियन्ता रामआशिष यादवको प्रमुख आथित्यामा भएको सरसफाई कार्यक्रममा पर्सा प्रहरी प्रमुख रेवती दकाल, ग्रिन सिटीका सदस्य रम्भा मिश्रा, प्रकास खेतान, मुर्ली जलान त्यसैगरि अभियन्ता प्रकास थारु, सरोज राँय, ओम प्रकास सरार्फ, पन्नला साह, कमल चौगाई लगायत स्थानिय तथा प्रहरी जवानको सहभागीता रहेको थियो । सोही अवसरमा सभासद राम आशिष यादवले बौधीमाई नगवा पोखरीको संरक्षण र संवर्द्धनका लागि सक्दो सहयोग गर्ने आश्वासन दिनु भयो ।
बौधीमाई नगवा पोखरीको नियमित सरसफाई नभएका कारण पोखरीका माछाहरु मरेर दुर्ग्न्धित भएको छ । सो वडाका वडाअध्यक्ष प्रदीप चौरसियाको सभापत्तिवमा भएको कार्यक्रममा वँहाले आफ्नो वडामा पर्ने पोखरीको नियमित सरसफाइमा ध्यान दिने प्रतिबद्धता समेत जनाउनु भएको छ । चौरसियाले प्रदेश सरकारले ५ करोड रुपैया समेत छुट्याएको बताउनु भयो । वँहाले अब प्रत्येक शनिबार सातामा एक पटक पोखरीको सरसफाइ गराउने पनि बताउनु भयो । अहिले पनि सोहि पोखरीमा स्थानीय बासिन्दाले नुहाउने तथा लुगा धुने गर्दै आएका छन् ।
७ आश्विन २०७५, आईतवार १४:५० मा प्रकाशित