संबिधानमा जनताको अबधारणा : राष्ट्रिय बहस र मन्थन कार्यक्रम ।

प्रकाशित मिति: ४ आश्विन २०७५, बिहीबार ०८:४३

सम्पादक: samaweshinepal

 

राजेन्द्र सिंह,वीरगंज, ४ असोज । सानो पाइला आयोजनामा नेपालको संविधान २०७२ मा जनताको अवधारणा : राष्ट्रिय बहस र मन्थन हिजो देखि वीरगंज नगरसभागृहमा शुरु भएको छ । बहस कार्यक्रममा विभिन्न विचार र सिद्धान्त बोकेका व्यक्तिहरूले धारणा प्रस्तुत गरेका थिए ।

 

विशेषज्ञ तथा बुद्धिजीवीहरूले मधेसीको माग संविधानले कतिको सम्बोधन गरेको छ, कुन–कुन विषयमा असहमति छ तथा कुन बुँदालाई संशोधन वा पुनर्लेखन गर्न सकिन्छ भन्ने विषयमा राजनीतिक दलसँग राय मागेका थिए । बुँदागतरूपमा मधेसीको माग यो रहेछ भन्ने प्रस्तुत गरेमा पुनः आन्दोलन वा दबाबको माध्यमबाट माग पूरा गराउन कार्यक्रममा उपस्थित विशेषज्ञहरूले धारणा राखेका थिए । विशेषज्ञका अनुसार अहिलेसम्म सरकारले मधेसीको माग के हो भन्ने नै बुझेको छैन । सरकारले मधेसको माग सबै पूरा भइसकेको बताउँदै आएको छ ।
नेपालका लेखक तथा विचारकहरू एकातिर सरकारमा बस्ने र अर्को्तिर सरकारको विरोधमा लाग्ने, संविधान दिवस नमान्ने तर संविधान अनुसार नै मन्त्री बन्नेजस्ता द्वैध चरित्रले जनता अन्योलमा परेकोले यसलाई प्रस्ट पार्न आग्रह गरेका थिए । कार्यक्रममा राजपाका अध्यक्ष्ँ महन्थ ठाकुरले वर्तमान सरकारलाई समर्थन दिएपनि अहिलेसम्म विपक्षको कुर्सीमा बस्दै आएको बताए । सरकारसँग मित्रता बढाउन समर्थन गरेको प्रस्ट्याए । अहिले पनि मधेस आन्दोलनका विभिन्न व्यक्ति जेलमा रहेका, मुद्दा फिर्ता नभएको, घाइतेको व्यवस्थापन, शहीदहरूको उचित मूल्याङ्कन नभएकोले सो पूरा गराउन सरकारलाई समर्थन दिएको सरकारसमक्ष आत्मसमर्पण नगरेको बताए । माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी पनि उनले दिए । मधेसमा बस्ने जनता अहिले पनि गुलामीको जीवन बिताइरहेको र उनीहरू स्वतन्त्रता पाउन लडिरहेको प्रस्ट पारेका थिए ।
नेता ठाकुरले राजनीतिक सहमति अनुसार संविधान बनाउने भनिएपनि एक्लै संविधान जारी गरेकोले संविधान संशोधन नभएसम्म विपक्षमा उभिरहने र संविधान दिवसको विरोधमा विभिन्न कार्यक्रम गरिरहने बताए । मधेसी जनताले सीमाको सुरक्षा गरेको छ, सीमामा गडबडी भएमा राज्यमा पनि गडबडी हुने बताउँदै यसमा ध्यान दिन आग्रह गरे । मधेसी जनता आर्थिक, सामाजिक असमानतासँग जुझिरहेको बेला राष्ट्रियताको नारा लगाएर विखण्डन गर्न खोजेको उनको आरोप थियो । नेता ठाकुरले भने– अंश नदिए अंशबन्डा गर्नुपर्छ ।
राजपाका उपाध्यक्ष लक्ष्मणलाल कर्णले वर्तमान सरकार अलोकतान्त्रिक चरित्रको भएकोले निर्दोष व्यक्तिलाई भूmटा मुद्दा लगाएर दुःख दिने गरेको बताए । राजपाका दर्जनौं नेता अहिले पनि कैदी जीवन बिताइरहेकोमा दुःख व्यक्त गर्दै वर्तमान सरकारले सहमतिविपरीत कार्य गरेको आरोप लगाए ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाले बलिदान कहिल्यै खेर नजाने, कालान्तरमा ठूलो प्रतिफल मिल्ने बताए । उनले मधेस पीडामा छ, किनभने उनीहरूले आफन्त गुमाएका छन् । आफन्त गुमाएको कारण वर्तमान सरकारले अधिकार नदिए उनीहरू पछि गएर ठूलो शक्तिको रूपमा उदाउने बताए ।
ढुङ्गानाले संविधान भनेको सबैको अधिकार रक्षा गर्ने भएकोले नेपालका आधाभन्दा बढी जनता विरोधमा रहेकोमा वर्तमान सरकार सचेत हुनुपर्ने बताए ।  लेखक सुन्दरमणि दीक्षितले नेपालमा भएको पटक–पटकको आन्दोलनको क्रममा बनाएको टोलीको प्रतिवेदन वर्तमान सरकारले सार्वजनिक नगरेकोमा दुःख व्यक्त गरे । उनले मधेसमा चलिरहेको आन्दोलनमा मास हिस्टेरियाबाट पीडित मिडियाहरूको कारण मधेसलगायत नेपालमा ठूलो क्षति पुगेको प्रस्ट्याए । ओलीको नक्कली राष्ट्रवादको कारण भारतलाई गाली गरेर मधेस आन्दोलन तुहाएको र आन्दोलनमा ठूलो क्षति भएको उनको भनाइ थियो । अब मधेसको मुद्दालाई एकमुस्ठ पारी राष्ट्रिय मुद्दा बनाउन दलहरूलाई आग्रह गरे । उनले मधेसमा रहेका दलहरू फुटेर हैन, जुटेर अगाडि बढ्न आग्रह गरे । यो संविधानले देश टुत्र्mयाउन सक्छ तर अहिले वर्तमान सरकारको कारण संविधान कमजोर भएको र बलियो बनाउन मधेसीको माग समेट्नुपर्ने आग्रह गरे ।
कार्यक्रममा सिके लाल, युग पाठक, खगेन्द्र सङ्ग्रौला, अजय द्विवेदी, आन्दोलनका घाइते लालबाबू पटेललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत कञ्चन झा र कार्यक्रमबारे विजय कर्णले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन पोखरिया नपाकी उपमेयर सलमा खातुनले, बिजय कान्त कार्ण । पत्रकार चन्द्र किशोर झाले गरेका थिए । बहष आज पनि जारी रहनेछ ।

 

४ आश्विन २०७५, बिहीबार ०८:४३ मा प्रकाशित

अपडेट

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »

जे देखियो त्यो लेखियो ………

समाजिक अभियान्ता बृजेश्वर प्रसाद चौधरी आज दिन भर जिल्ला प्रहरी कार्यालयमा एक जनाको पिडाको...... पूरा पढ्नुहोस् »

वीरगंजको बौधीमाई नगवा पोखरीको सरसफाई ।

राजेन्द्र सिंह, ७ असोज, वीरगंज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा वीरगंज महानगरपालिका...... पूरा पढ्नुहोस् »

सिकारीयाद्धारा आफ्नो चरित्र हत्या गर्न खोजेको नायक कर्णको आरोप ।

राजेन्द सिंह, ६ असोज, वीरगंज । मैथली चलचित्रका नायक पियुष कर्णले आकाश सिकारीयाले आफ्नो चरित्र...... पूरा पढ्नुहोस् »

सवारी चालक र सरकारबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता

आश्विन ५, काठमाडौं  ।  मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी...... पूरा पढ्नुहोस् »