बसन्त कुशवाहाको नेतृत्वमा गैर आवासीय मधेशी संघ (एनआरएमए) कार्यसमिति गठन |

प्रकाशित मिति: २३ भाद्र २०७५, शनिबार २३:१६

सम्पादक: samaweshinepal

८ सेप्टेम्बर २०१८, संयुक्त राज्य अमेरिका।

विश्वभरी फैलिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) ले गरेको अंतर्राष्ट्रीय वेब सम्मलेन मार्फत अध्यक्ष- बसन्त कुशवाहाको नेतृत्वमा तेस्रो कार्यसमिति गठन गरेको छ |

उक्त सम्मेलनद्वारा अन्य पदाधिकारीहरुमा उपाध्यक्षद्वय डॉ. राजीव कुमार कंठ, इंद्रजीत यादव , महासचिब – डॉ. रबीन्द्र कुमार यादव , सहमहासचिब- रबीन्द्र कांत मंडल , कोषाध्यक्ष – सुरेंद्र नारायण यादव , प्रबक्ता – सुजित कुमार ठाकुर र मीडिया संयोजक – शिव कुमार पाल चयन भएका हुन।

त्यसैगरी, बिभिन्न देशबाट निर्वाचित सदस्यहरुमा अभिषेक झा (अमेरिका ),डॉ अजय कुमार झा (नेपाल), अजय कुमार ठाकुर (स्पेन) , अमीरी बाबू साह (क़तर ), आशा कुमारी मेहता (कुवैत ), बद्री माझी (भारत), बिनोद कुमार मंडल (सऊदी अरबिया ), बिनोद पासवान (युएइ ), धनबीर ठाकुर बरही (कुवैत ), धीरज कुमार साह (अमेरिका ), दिनेश गौतम (सायप्रस ), दिवाकर कुमार झा (क़तर ), जयमंगल प्रसाद जैसवाल  (चीन ), कपलेश्वर यादव (मलेशिया ),डॉ लोकेन्द्र यादव (भारत), माधव मिश्रा (स्वीडन ), महेंद्र प्रसाद साह (ओमान ), महेश कुमार ईशर (नेपाल ), डॉ मनोहर साह (अमेरिका ), मंटू पाल (मलेशिया ), मोहमद असगर अली (क़तर ), मोहन सदा (कुवैत ), नरेंद्र चौधरी (दक्षिण कोरिया ), निर्मल कुमार मंडल (सऊदी अरबिया ), डॉ प्रमोद ठाकुर (ऑस्ट्रेलिया ),राजन महतो (कुवैत ), राम राय (संयुक्त अधिराज्य ), संजय कुमार कर्ण (युएइ ), संतोष कुमार बिश्वास (भारत ), शम्भू नाथ साह (क़तर ), शम्भू प्रसाद मंडल (मलेशिया ), डॉ श्याम महतो (सिंगापुर ), उपेंद्र अधिकारी यादव (सऊदी अरबिया ) रहेका छन् |

अमेरिकाको बोस्टन स्थित दी कामनवेल्थ ऑफ़ मेसाचुसेट्समा दर्ता गरिएको गैर-आवासीय मधेशी संघको स्थापना ०८ सेप्टेम्बर २०१० का दिन भएको हो। यस संगठन को उद्देश्य- विश्वभरी छरिएर रहेका गैर-आवासीय मधेशीहरुलाई संगठित पार्दै मधेशी पहिचान लाइ अंतर्राष्ट्रीय स्तरमा सुदृढ़ गर्ने, विश्वलाई मधेश सम्बन्धी मुद्दा संग अवगत गराउने तथा मधेश को बिकास एवं सम्बृद्धि को दिशामा रचनात्मक योगदान पुर्याउने रहेको छ।

उल्लेख्य संख्यामा मधेशीहरुको उपस्थिति रहेको ४० भन्दा बढी देशहरुमा NRMA को बिस्तार भइसकेको छ। NRMA ले संयुक्त राष्ट्रसंघ , यूरोपियन यूनियन ,UNPO जस्ता अंतर्राष्ट्रीय मंचहरुमा तथा अमेरिका, भारत , संयुक्त अधिराज्यमा आयोजित बिभिन्न कार्यक्रमहरुमा मधेशीहरुको प्रतिनिधित्व गर्दै आएको छ।

बिदेशी भूमिमा अप्ठ्यारोमा परेका मधेशीहरुलाई सहयोग पुर्याउने, मधेश आंदोलन ताका सरकारी दमन का कारण शहीद भएकाहरुको परिवार एवं घाइतेहरुलाई राहत सहयोग पुर्याउने, बाढी-आगलागी जस्ता प्राकृतिक प्रकोपहरुमा मधेशका प्रभावित क्षेत्र सम्म राहत पुर्याउने जस्ता सामाजिक कार्यहरुमा उल्लेखनीय सहभागिता जनाउँदै आएको छ।

अघिल्ला बर्षहरुमा NRMA ले बिभिन देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्ब को अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेसीहरुलाई एकजुट गर्ने काम गर्दै आई रहेको छ।

२३ भाद्र २०७५, शनिबार २३:१६ मा प्रकाशित

अपडेट

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »

जे देखियो त्यो लेखियो ………

समाजिक अभियान्ता बृजेश्वर प्रसाद चौधरी आज दिन भर जिल्ला प्रहरी कार्यालयमा एक जनाको पिडाको...... पूरा पढ्नुहोस् »

वीरगंजको बौधीमाई नगवा पोखरीको सरसफाई ।

राजेन्द्र सिंह, ७ असोज, वीरगंज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा वीरगंज महानगरपालिका...... पूरा पढ्नुहोस् »

सिकारीयाद्धारा आफ्नो चरित्र हत्या गर्न खोजेको नायक कर्णको आरोप ।

राजेन्द सिंह, ६ असोज, वीरगंज । मैथली चलचित्रका नायक पियुष कर्णले आकाश सिकारीयाले आफ्नो चरित्र...... पूरा पढ्नुहोस् »

सवारी चालक र सरकारबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता

आश्विन ५, काठमाडौं  ।  मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी...... पूरा पढ्नुहोस् »