जय यादव,४ भाद्र, बीरगंज, । बीरगंज कलेजमा अध्ययनरत कक्षा ११ कानून, व्यस्थापन तथा शिक्षा शास्त्रका विद्यार्थीहरुको लागि व्यक्तिगत विकास तथा समाजमा प्रस्तुत हुने शिप विषयक तालिमको आज दोश्रो दिन पनि जारी रहेको छ । तालिममा विद्यार्थीहरुको व्यक्तिगत विकासका साथै समाजमा प्रस्तुत हुने आचरणमा सुधार गर्न सहयोग पुरयाउनुका साथै परीक्षामा सफलता हासिल गर्ने उद्देश्यका साथ सुरु गरेको संचालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले बताउनुभयो । तालिममा प्रमुख प्रशिक्षक बिनोद गुप्ता तथा उप प्रशिक्षक दर्शन केस रहनु भएको छ ।
आइतवारबाट संचालित कार्यक्रमका प्रमुख अतिथि बीरगंज उद्योग वाणिज्य संघका भु.पु अध्यक्ष अशोक टेमाणि, विशिष्ट अतिथि मारटिन मोकतान, अतिथि नेहाल खान, मनोज पटेल, संतोष साह रहनु भएका थियो । उक्त कार्यक्रम बीरगंज कलेजका संचालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा क्यामपस प्रमुख बिनोद गुप्ता, प्रशासनिक प्रमुख सुरेश चौधरी, कोडिनेटर प्रेम प्रसाद पटेल, शिक्षकहरु रुदल ठाकुर, अजय साह, प्रचुत कर्ण, जितेन्द्र सराफ, रयाजुल हवारी लगाइतको उपस्थिति थियो । कार्यक्रममा अतिथिहरुले विद्यार्थीहरुको अनुशासनको प्रसन्सा गर्दै अनुशासित भएर परिवार तथा समाको बिकासमा लागन सुझाव दिनु भयो । उक्त कार्यक्रमको संचालन कक्षा १२ का विद्यार्थीहरु रजिना खातुन तथा आयुव आलम अन्सारीले गरेको थिए ।
४ भाद्र २०७५, सोमबार २०:५० मा प्रकाशित