राजेन्द्र सिंह । वीरगंज,०४ भदौ २०७५ । वीरगंज महानगरपालिका वडा नम्बर ११ रानीघाट क्षेत्रमा संचालित घरेलु मदिरा भट्ठिहरुमा प्रहरीले छापा मारेर मदिरा नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको प्रहरीले रानीघाटमा सचालित मदिरा भट्ठिहरुमा छापा मारी पाँच सय लिटर घरेलु मदिरा तथा पाँच हजार लिटर कच्चा लिदार्थ बरामद गरेको छ । बरामद उक्त घरेलु मदिरा स्थानियको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । यसैबिच, भारतबाट भंसार छली ल्याउदै गरेको अवस्थामा प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर १६ बाट बिभिन्न सामान बरामद गरेको छ । बरामद सामान आवसयक कार्यवाहिका लागि वीरगंज भंसारमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
४ भाद्र २०७५, सोमबार १८:२२ मा प्रकाशित