आँधी र वर्षाका कारण भारतमा ४८ को मृत्यु, ५० भन्दा बढी घाइते

प्रकाशित मिति: ३१ बैशाख २०७५, सोमबार ०९:०६

सम्पादक: samaweshinepal

काठमाडौँ ३१ बैसाख : -भारतको राजधानीसमेत देशका थुप्रै भागमा आइतबार बेलुका चलेको तीब्र गतिको हावाका कारण अहिलेसम्म ४८ को मत्यु भएको बताइएको छ भने ५० भन्दा बढी घाइते छन् ।

उत्तर प्रदेशमा सबैभन्दा धेरै १८ को मृत्यु भएको छ भने पश्चिम बंगालमा १२, आन्ध्र प्रदेशमा नौ, तेलंगनामा तीन, गुजरातमा चारको मृत्यु भएको छ । दिल्लीमा १ सय ९ किलोमिटर गतीको आँधी चलिरहेको छ जसले दिल्लीको विभिन्न स्थानमा दुईको मृत्यु भएको छ भने १८ घाइते भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आँधी हुरीका कारण मानिसहरुको मृत्युमा दुख व्यक्त गर्दै ट्वीटरमा लेखे, ‘देशका केही भागमा आँधीका कारण भएको जनधनको क्षतीका कारण दुःखी छु । प्रभावित परिवारप्रति संवेदना । म घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । अधिकारीलाई प्रभावित व्यक्तिहरुको हरसम्भव मद्दत गर्नका लागि आग्रह गरिएको छ ।’

आइतबारको आँधी हुरी अघि मौसम विभागले सटिक अलर्ट जारी गरेको थियो ।

मौसम विभागले दिएको चेतावनीमा आइतबार दिल्लीसमेत राष्ट्रिय राजधानी दिल्ली र पश्चिम उत्तर प्रदेशमा तीब्र हावा चल्ने र पानी पर्ने चेतावनी दिइएको थियो र मानिसहरुलाई आफ्नो घरभित्र वा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको थियो ।

३१ बैशाख २०७५, सोमबार ०९:०६ मा प्रकाशित

अपडेट

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »

जे देखियो त्यो लेखियो ………

समाजिक अभियान्ता बृजेश्वर प्रसाद चौधरी आज दिन भर जिल्ला प्रहरी कार्यालयमा एक जनाको पिडाको...... पूरा पढ्नुहोस् »

वीरगंजको बौधीमाई नगवा पोखरीको सरसफाई ।

राजेन्द्र सिंह, ७ असोज, वीरगंज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा वीरगंज महानगरपालिका...... पूरा पढ्नुहोस् »

सिकारीयाद्धारा आफ्नो चरित्र हत्या गर्न खोजेको नायक कर्णको आरोप ।

राजेन्द सिंह, ६ असोज, वीरगंज । मैथली चलचित्रका नायक पियुष कर्णले आकाश सिकारीयाले आफ्नो चरित्र...... पूरा पढ्नुहोस् »

सवारी चालक र सरकारबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता

आश्विन ५, काठमाडौं  ।  मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी...... पूरा पढ्नुहोस् »