आइसीडीआरद्वारा यूरोपेली युनियनको सिफारिसको स्वागत

प्रकाशित मिति: १८ चैत्र २०७४, आईतवार २०:२४

सम्पादक: samaweshinepal

काठमाडौँ १८ चैत्र :— दलित अधिकारका लागि कार्यरत इन्टरनेशनल किमशन फर दलित राइट्स (आइसीडीआर) ले यूरोपीयन यूनियनको निर्वाचन पर्यवेक्षण टोलीले गरेका सिफारिसहरुको स्वागत गरेको छ ।

अमेरिकाको राजधानी वासिङ्टन डीसीमा मुख्य कार्यालय रहेको उक्त संस्थाले नेपालको निर्वाचन पर्यवेक्षण पछि यूरोपेली टोलीले भने जस्तै नेपालमा जातीय तथा लैंगिक प्रतिनिधित्वमा समस्या रहेको उल्लेख गर्दै सिफारिसको समर्थन गरेको हो ।
‘नेपालको संविधानले सामाजिक समावेशिकता र समानताका लागि समानुपातिक समावेशिताको सिद्धान्तलाई सुरक्षित गरेको छ’ विज्ञप्तिमा उसले भनेको छ, ‘यद्यपि कोटा प्रणालीमा यसअघि नै बढि प्रतिनिधित्व भएको समुहलाई कोटा छुट्याएर संबैधानिक व्यवस्थाको र अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरुको समेत उल्लंघन गरिएको छ ।’
आइसीडीआरले संघीय र प्रान्तीय निर्वाचनमा राजनीतिक दलहरुले महिला, दलित र अन्य सिमान्तकृत समुदायका सदस्यहरुबाट थोरैलाई मात्र मनोनयन गरेको उल्लेख गर्दै राज्यको सबै शासकीय तहमा एउटैमात्र सत्ताधारी समुहको अत्याधिक धेरै प्रतिनिधित्व रहेको उल्लेख गरेको छ ।
यूरोपीयन यूनियनको निर्वाचन पर्यवेक्षक टोलीले विभिन्न सिफारिसहरु गर्ने क्रममा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक प्रणालीमा खस आर्य समुदायलाई पनि आरक्षण दिंदा त्यसले उनीहरुको प्रतिनिधित्व अरु समुदायको भन्दा धेरै बनाएकाले हटाउनु पर्ने सुझाएको थियो ।
उक्त सुझावलाई मुलुकको सार्वभौमसत्ताबिरुद्धको कदम र नेपालको जातीय सद्भाव विरुद्ध रहेको उल्लेख गर्दै सरकारले सच्याउन दवाव दिंदै आएको छ ।

१८ चैत्र २०७४, आईतवार २०:२४ मा प्रकाशित

अपडेट

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »

जे देखियो त्यो लेखियो ………

समाजिक अभियान्ता बृजेश्वर प्रसाद चौधरी आज दिन भर जिल्ला प्रहरी कार्यालयमा एक जनाको पिडाको...... पूरा पढ्नुहोस् »

वीरगंजको बौधीमाई नगवा पोखरीको सरसफाई ।

राजेन्द्र सिंह, ७ असोज, वीरगंज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा वीरगंज महानगरपालिका...... पूरा पढ्नुहोस् »

सिकारीयाद्धारा आफ्नो चरित्र हत्या गर्न खोजेको नायक कर्णको आरोप ।

राजेन्द सिंह, ६ असोज, वीरगंज । मैथली चलचित्रका नायक पियुष कर्णले आकाश सिकारीयाले आफ्नो चरित्र...... पूरा पढ्नुहोस् »

सवारी चालक र सरकारबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता

आश्विन ५, काठमाडौं  ।  मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी...... पूरा पढ्नुहोस् »