‘बच्चाको रक्षा गर, बन्दुकको होइन’ भन्दै लाखौं अमेरिकी सडकमा

प्रकाशित मिति: ११ चैत्र २०७४, आईतवार ०८:५५

सम्पादक: samaweshinepal

काठमाडौं ११ चैत  :- बन्दुक नियन्त्रणको माग गर्दै अमेरिकामा विशाल प्रदर्शन भएको छ । ‘मार्च फर आवर लाइभ्स’ नारासहित सबैभन्दा ठूलो प्रदर्शन राजधानी वाशिङ्टन डिसीमा भएको छ । राजधानी वाशिङ्टन डिसीमा पाँच लाख प्रदर्शनकारी सडकामा उत्रिएर बन्दुक नियन्त्रणको माग गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

यस्ता प्रदर्शन आठ सयभन्दा बढी स्थानमा भएको बीबीसीले लेखेको छ । प्रदर्शनको अगुवाइ विद्यार्थीहरुले गरेका छन् । उनीहरुलाई समाजका अन्य क्षेत्रका व्यक्तिहरुले पनि साथ दिएका छन् । प्रदर्शनमा सहभागीहरुले ‘प्रोटेक्ट किड्स नट गन’ अर्थात् ‘बच्चाको रक्षा गर, बन्दुकको होइन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । ‘बन्दुकभन्दा विद्यार्थी महत्वपूर्ण छन्’ लेखिएका प्लेकार्ड पनि धेरैले बोकेका थिए ।

एडिनबर्ग, लण्डन, जेनेभा, सिड्नी र टोकियोमा समेत यस्तै प्रदर्शन गरिएको छ । प्रदर्शनमा धेरैजसो युवायुवती र बालबालिका सहभागी थिए । यस प्रदर्शनमार्फत् बन्दुक नियन्त्रणसम्बन्धी कानून बनाउन नेताहरूलाई दबाव पुग्ने अपेक्षा गरिएको छ ।

खासगरी अमेरिकाको फ्लोरिडामा १७ जना स्कुले विद्यार्थीहरुलाई एक बन्दुकधारीले अन्दाधुन्द गोली चलाएर मारेपछि अमेरिकामा बन्दुक नियन्त्रणको माग चर्को रुपमा उठेको छ । गत वर्ष लासभेगासमा पनि बन्दुकधारीको आक्रमणबाट ५८ जनाले ज्यान गुमाएका थिए । अमेरिकामा सन् २०१६ मा ११ हजार जनाले बन्दुक आक्रमणबाट ज्यान गुमाएको तथ्यांक छ ।

११ चैत्र २०७४, आईतवार ०८:५५ मा प्रकाशित

अपडेट

एक अज्ञात भाइरस “मानिस”

आबृत्ति पौड्याल ढुङ्गे हतियारको प्रयोगदेखि औजारको प्रयोगसँगै मानव सभ्यताको विकास क्रमशिल...... पूरा पढ्नुहोस् »

सार्वभौमसत्तामा प्रहार !!!

महामारीको संकटमा यतिबेला नेपाल मात्र नभई विश्वको २१२ देश जुदिरहेका छन् । पछिलो समय छिमेकी...... पूरा पढ्नुहोस् »

विचार :- महामारी नियन्त्रण गर्न सबैको साथ् अपरिहार्य |

सराेज सिलवाल काठमाडाैँ, १२ वैशाख। चीनको वुहान प्रान्त बाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९)...... पूरा पढ्नुहोस् »

नैतिकताको प्रश्न हाम्रो प्रधानमन्त्रीलाई किन लाग्दैन ?

सबैले बुझ्नु पर्ने बिषय के हो भने , बहुमत सधैँ सहि हुँदैन।जसरी अध्यादेश लाउनुको पछाडीको नियत...... पूरा पढ्नुहोस् »

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »