नेपाल क्रिकेट इतिहासको आज सुनौलो दिन, पहिलोपल्ट एकदिवसीय मान्यता प्राप्त गर्न सफल |

प्रकाशित मिति: १ चैत्र २०७४, बिहीबार १९:४८

सम्पादक: samaweshinepal

काठमाडौँ । आइसीसी विश्वकप छनौट अन्तर्गतको आजै भएको पहिलो प्लेअफ खेलमा दीपेन्द्र सिंह ऐरीले बल र ब्याट दुवैमा चम्किएपछि नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्न सफल भएका थिए ।

 

नेपालले २३ ओभरमा पपुवा न्युगिनीले प्रस्तुत गरेको लक्ष्य भेट्यायो । दीपेन्द्रले खेलमा चार विकेट लिनका साथै नेपालको टोली संकटमा रहेको बेला ५० रनको योगदान दिए । ऐरीले ५८ बलमा अर्धशतक बनाए । उनलाई आरिफ शेख र कप्तान पारस खड्काले राम्रो साथ दिए ।

 

पपुवा न्युगिनीले प्रस्तुत गरेको ११५ रन को लक्ष्य पछ्याउने क्रममा नेपालले १३ रनको स्थितिमा दुवै ओपनर गुमाएको थियो । कप्तान पारसलाई २० रनको स्थितिमा गुमाउँदा नेपालको स्थिति ३ विकेटको क्षतिमा ३५ रन थियो । त्यसपछि दीपेन्दले २६ रन बनाएका आरिफसँग मिलेर नेपालको स्थिति सम्हाले र नेपाललाई जीत दिलाए ।

Nepal bowler Sandeep Lamichhane celebrates a wicket with team mates during a World Cup Qualifier play off cricket match between Nepal and Papua New Guinea at Old Hararians Sports Club March 15 2018 (©ICC).

यसअघि, सन्दीप लामिछाने तथा दिपेन्द्र सिंह ऐरीको धातक बलिङ सामु पपुवा न्युगिनी निरिह बनेको थियो । सन्दीप र दिपेन्द्रले कसिलो बलिङ गर्दै ४–४ विकेट लिए पछि पपुवा न्युगिनी मात्र २७.२ ओभरमा आल आउट हुनुपुग्यो । पपुवा न्युगिनीका ६ जना ब्याटसम्यानले दोहोरो अंकमा रन बटुले पनि कसैले २० रन पूरा गर्न सकेनन् । पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले सर्वा्धिक १९ तथा जेसन किलाले १५ रनको योगदान दिए ।

 

सोमपाल कामी र करण केसीले पपुवा न्युगिनीका दुवै ओपनरलाई पभिलियन फर्काएपछि सन्दीपले ८ ओभरमा २९ रन खर्चेर चार विकेट लिँदै मध्यक्रमलाई ध्वस्त पारे । त्यसपछि बलिङ गर्न आएका ऐरीले अन्तिम चार विकेट लिँदै पपुवा न्युगिनीलाई सस्तोमा समेटे । ऐरीले मात्र ४.२ ओभरमा १४ रन खचेएर ४ विकेट लिए ।

 

तर नेपाल लाइ एक-दिवसीय मान्यता पाउन लाइ केवल यो जित काफी थिएन,आजै भैरहेको अर्को प्लेअफ़ को खेल को नतिजा कुर्नु पर्ने थ्यो, जसअन्तर्गत नेदरलेण्ड ले हंगकंग लाइ जित्नुपर्ने थ्यो | नतिजा पनि नेपाल कै पक्षमा रह्यो र नेदरलेण्ड ले हंगकंग लाइ 44 रन ले जित्यो |नेदरलेण्ड को जित का साथै आजको दिन नेपाली क्रिकेट इतिहास को सुनौलो दिन बन्न पुग्यो र नेपाल ले आगामी ४ बर्ष का लागि एक-दिवसीय मान्यता हाथ पार्यो |

१ चैत्र २०७४, बिहीबार १९:४८ मा प्रकाशित

अपडेट

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »

जे देखियो त्यो लेखियो ………

समाजिक अभियान्ता बृजेश्वर प्रसाद चौधरी आज दिन भर जिल्ला प्रहरी कार्यालयमा एक जनाको पिडाको...... पूरा पढ्नुहोस् »

वीरगंजको बौधीमाई नगवा पोखरीको सरसफाई ।

राजेन्द्र सिंह, ७ असोज, वीरगंज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा वीरगंज महानगरपालिका...... पूरा पढ्नुहोस् »

सिकारीयाद्धारा आफ्नो चरित्र हत्या गर्न खोजेको नायक कर्णको आरोप ।

राजेन्द सिंह, ६ असोज, वीरगंज । मैथली चलचित्रका नायक पियुष कर्णले आकाश सिकारीयाले आफ्नो चरित्र...... पूरा पढ्नुहोस् »

सवारी चालक र सरकारबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता

आश्विन ५, काठमाडौं  ।  मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी...... पूरा पढ्नुहोस् »