राजपामा प्रस्ताव :समानुपातिक सांसद मन्त्री बन्न नपाउने

प्रकाशित मिति: १ फाल्गुन २०७४, मंगलवार २०:४९

सम्पादक: samaweshinepal

ज्योति तिवारी

काठमाडौं १ फाल्गुन :-  प्रदेश सरकारको गठन प्रक्रिया शुरु भइरहेको बेला दलहरुमा मन्त्री बन्नेको चर्चा पनि शुरु भएको छ । २ नम्बर प्रदेशमा फागुन ३ गते मुख्यमन्त्रीको सपथ हुँदैछ ।  मुख्यमन्त्रीको सपथसँगै मन्त्रीमण्डल पनि गठन हुनेछ ।  मन्त्रीका लागी प्रदेश सांसदहरुको दौडधुप बाक्लिएपछि राष्ट्रिय जनता पार्टीले दवावलाई कम गर्नका लागि एउटा उपाय निकालेको छ ।  राजपा नेपाल अध्यक्ष मण्डलको बैठकमा प्रदेश सभाका समानुपातिक सांसद मन्त्री बन्न नपाउने प्रस्ताव गएको छ । जो समानुपातिक सांसद छन्, उनी मन्त्री बन्न नपाउने उपाय राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले निकालेका थिए । तर, यसमा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव र अनिलकुमार झाले आपत्ति जनाए । समानुपातिक र प्रत्यक्ष संसदको हैसियत बराबर भएका हुनाले मन्त्री बन्नबाट कसैलाई रोक्न नमिल्ने उनीहरुको धारणा थियो ।

तर, महेन्द्र राय यादवले समानुपातिक संसदले मन्त्री बन्न नपाउने मापदण्ड बनायो भने त्यसले पार्टीमा अलि दवाव कम हुने धारणा बैठकमा राखेको स्रोतले जनाएको छ । यद्यपी अध्यक्ष महेन्द्र राय यादवले यस विषयमा पार्टीमा कुनै छलफल नभएको दावी गरे ।

प्रदेश सरकारमा राजपा नेपालको भागमा तीनवटा मन्त्रालय परेको छ । जब कि त्यो दलसँग २५ सांसद रहेका छन् । २५ जनामध्ये एकजना सभामुख बन्नेछन् । त्यसबाहेक अरु सबै मन्त्रीका आँकाक्ष्ीा रहेका छन् । १० जना समानुपातिक संसद रहेका छन् । यदि समानुपातिक संसदले मन्त्री हुन पाउँदैन भने १४ जनाबीच मन्त्रीका लागी हानाथाप हुनेछ । मन्त्रीका दौडमा संसदीय दलका नेता जितेन्द्र सोनल, नवलकिशोर साह, उपेन्द्र महतो, मनिष सुमन, विक्की यादव, सुरेश मण्डल, रानी शर्मा तिवारी, सुरिता साह, डा.डिम्पल झा (समानुपातिक), रामनरेश राय यादव (समानुपातिक), डा.रिना यादवलगायत रहेका छन् । यद्यपी मन्त्री कसरी छान्ने त्यसको बारेमा कुनै मापदण्ड तयार हुन सकेको छैन ।

१ फाल्गुन २०७४, मंगलवार २०:४९ मा प्रकाशित

अपडेट

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »

जे देखियो त्यो लेखियो ………

समाजिक अभियान्ता बृजेश्वर प्रसाद चौधरी आज दिन भर जिल्ला प्रहरी कार्यालयमा एक जनाको पिडाको...... पूरा पढ्नुहोस् »

वीरगंजको बौधीमाई नगवा पोखरीको सरसफाई ।

राजेन्द्र सिंह, ७ असोज, वीरगंज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा वीरगंज महानगरपालिका...... पूरा पढ्नुहोस् »

सिकारीयाद्धारा आफ्नो चरित्र हत्या गर्न खोजेको नायक कर्णको आरोप ।

राजेन्द सिंह, ६ असोज, वीरगंज । मैथली चलचित्रका नायक पियुष कर्णले आकाश सिकारीयाले आफ्नो चरित्र...... पूरा पढ्नुहोस् »

सवारी चालक र सरकारबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता

आश्विन ५, काठमाडौं  ।  मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी...... पूरा पढ्नुहोस् »