/widgets.js";var sz=d.getElementsByTagName(s)[0];sz.parentNode.insertBefore(z,sz)}(document,"script","zb-embed-code"));

प्रदेश नम्बर २ मा ११ सदस्यीय मन्त्रीमण्डल बन्ने

प्रकाशित मिति: १६ माघ २०७४, मंगलवार २०:४१

सम्पादक: samaweshinepal

काठमाडौँ १६ माघ : – प्रदेश  २  मा  दुई सरकार बनाउने बहुमत पाएका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीमा मन्त्री र सभामुखका लागि दौडधुप तेज भएको छ । प्रदेश   सभामा   १   सय   ७   सदस्य  छन्  ।ती  मध्ये  फोरमको  २९  र  राजपाको  २५  सिट  रहेको  छ  ।सरकारका  लागि  आवश्यक  समान्य  बहुमत  ५४को  संख्या  पु¥याएको  फोरम  र  राजपाले  ११  सदस्यीय   मन्त्रीमण्डल   बनाउने   पक्षमा छन् । एमाले–माओवादी सम्मिलित वाम–गठबन्धनको     कार्यदलले     १०  प्रतिशत  भन्दा  बढी  नबढने  गरी मन्त्रीमण्डल गठन गर्न गरेको सहमतिलाई  फोरम  राजपालेपनि  अनुशरण गर्ने भएका छन् ।संविधान अनुसार २० प्रतिशतमा नबढने गरी मन्त्रीमण्डल   गठनको   प्रावधान   रहेपनि  मन्त्रीको  संख्या  बढाउँदा  प्रदेशमाथि  अनावश्यक  आर्थिक  भार पर्न जानेछ ।फोरम  र  राजपाबीच  पदको  बाँडफाँडको  विषयमा  औपचारिक  संवाद  भएको  छैन्  । तर  राजपाले  फोरम  अध्यक्ष  उपेन्द्र  यादवलाई  मुख्यमन्त्री     बनाउन     भनेको     छ  ।‘  प्रदेश  नम्बर  २  मा  ठूलो  दल  भएको  फोरमलाई  हामीले  मुख्यमन्त्री  चयन  गर्न  भनेका  छौ’  राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र रायले भने, ‘अन्य पदहरुको विषयमा छलफल भएको छैन् । दुवै दल  अहिले  आन्तरिक  गृहकार्यमा  रहेको उनले बताए ।

प्रदेशको मुख्यमन्त्रीमा फोरमबाट  विजय  यादवको  नाम  अगाडी छ ।पहिलो संविधान सभामा आपूर्ती मन्त्री रहिसकेका यादवको पक्षमा फोरमका अधिकांश साँसद र नेताहरु रहेको बताईन्छ । तर अध्यक्ष यादव र प्रदेश नम्बर २ की अध्यक्ष समेत  रहेकी  पार्टी  उपाध्यक्ष  रेणु  यादवले  मुख्यमन्त्रीको  सम्बन्धमा  प्रष्ट संकेत दिएका छैनन् । ‘प्रदेशको   संसदीय   दलको   बैठकबाट  चुनिने  नेता  मुख्यमन्त्री  बन्ने    छन्’फोरमका    महासचिव    रामसहाय यादवले भने, ‘मुख्यमन्त्री र   मन्त्रीको   विषयमा   अहिले   छलफल भएको छैन् । पार्टीको   केन्द्रिय   कोषाध्यक्ष   समेत   रहेका   विजय   यादवको   नाममा  अध्यक्ष  यादव,  उपाध्यक्ष,  महासचिव    समेत    सकारात्मक    रहेको  संकेत  बाहिरिन  थालेपछि  मुख्यमन्त्रीको  दौडमा  रहेका  प्रदेश  सभा  सदस्यहरुले  मन्त्रीका  लागि  ‘लविंग’ सुरु गरेका छन् । केन्द्रीय    सरकारमा    काम    गरिसकेको  अनुभवका  आधारमा  पनि  मुख्यमन्त्रीमा  विजयको  नाम  पक्का  भएको  जनाउँदै  एकजना  साँसदले  भने,  ‘मुख्यमन्त्रीको  दौड  भन्दा मन्त्रीको प्रयासमा धेरै जुटेका छन् ’। सरकारमा  काम  गरिसकेको  अनुभवले  पनि  उनलाई  काम  गर्न  सहज हुनसक्छ’, ती साँसदले भने, मुख्यमन्त्रीको  लागि  अब  खासै  प्रतिष्पर्धा देखिदैन् । फोरममा     मुख्यमन्त्री     र     मन्त्रीको   दौडधुप   सुरु   भएसँगै   राजपामा  सभामुख  र  मन्त्रीका  लागि     नेताहरु     दौडादौडमा     छन्  । मुख्यमन्त्री  फोरमले  पाउने  भएपछि राजपाले सभामुख पाउने संभावना छ ।सिट बाँडफाँड भई नसकेकोले  सभामुख  राजपाले  पाउने  संभावनाका  साथ  नेताहरु  अगाडी   देखिएका   छन्   । उप   सभामुख  भने  फोरमको  भागमा  पर्ने संभावना छ ।राजपामा  सभामुखका  लागि  जितेन्द्र    सोनल,    नवलकिसोर    साहको        नाम        अगाडी        छ । राजपा संसदीय दलको नेतामा रामनरेश   राय   आउने   बलियो   संभावना   छ   । संविधानमा   उप–मुख्यमन्त्रीको  प्रावधान  नरहेकोले  राजपाले मन्त्रीहरु मात्र पाउने छन् ।‘प्रदेश नम्बर २ मा पनि छोटो मन्त्रीमण्डल  गठन  गर्नुपर्छ’  राजपा  अध्यक्ष  मण्डलका  सदस्य  रायले  भने,  ‘प्रदेशमाथि  बोझ  हुने  गरी  मन्त्री बनाईनु उपयुक्त हुँदैन् ’।  तर दुवै पार्टीमा मन्त्रीका लागि प्रदेश  सभा  सदस्यहरुले  गतिविधि  तिव्र   बनाएका   छन्   । फोरम   र   राजपाका  प्रदेश  सभा  सदस्यहरुले  नेता रिझाउन सकृय छन्  ।

१६ माघ २०७४, मंगलवार २०:४१ मा प्रकाशित

अपडेट

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »

जे देखियो त्यो लेखियो ………

समाजिक अभियान्ता बृजेश्वर प्रसाद चौधरी आज दिन भर जिल्ला प्रहरी कार्यालयमा एक जनाको पिडाको...... पूरा पढ्नुहोस् »

वीरगंजको बौधीमाई नगवा पोखरीको सरसफाई ।

राजेन्द्र सिंह, ७ असोज, वीरगंज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा वीरगंज महानगरपालिका...... पूरा पढ्नुहोस् »

सिकारीयाद्धारा आफ्नो चरित्र हत्या गर्न खोजेको नायक कर्णको आरोप ।

राजेन्द सिंह, ६ असोज, वीरगंज । मैथली चलचित्रका नायक पियुष कर्णले आकाश सिकारीयाले आफ्नो चरित्र...... पूरा पढ्नुहोस् »

सवारी चालक र सरकारबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता

आश्विन ५, काठमाडौं  ।  मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी...... पूरा पढ्नुहोस् »